गढवा, १४ असोज । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरमा जग्गा नापजाँचको काम सुरु भएको छ।
गढवा गाउँपालिका भूमि शाखाले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो ।
गढवा गाउँपािलका वडा नम्बर ५ ठुलीचौर गाउँबाट आइतबार देखि भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले बर्साै देखि जाेतभाेग गरिरहेकाे जग्गा लाई लाल पुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य शुभारम्भ भएकाे छ।
गढवा गाउँपालिका भूमि शाखा प्रमुख सञ्जित पौडेलका अनुसार गढवा गाउँपालिकाको वडा नम्बर १ र २ मा जग्गाको नापजाँच सम्पन्न भइसकेको छ भने वडा नम्बर ३ मा नापजाँच केही दिन पहिले देखी सुरु भएको छ। त्यसैगरी आइतबार देखी वडा नम्बर ५ को ठुलीचौर देखी सुरु भएको नापजाँच कार्य शुभारम्भ भएको जानकारी दिनुभयो । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित गढवा गाउँपालिकाले जग्गाको नापजाँच सुरु गरेको गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो। नापजाँच सकिए लगत्तै लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने वडाअध्यक्ष थापाले बताउनुभयो ।
वडा नम्बर ५ को ठुलीचौर बाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो। नाप नक्सा कार्य सुरु भएपछी बर्षौ देखी लालपुर्जा बिहिन नागरिकहरुलाई लालपुर्जा प्राप्त हुने आशा पलाएको भुमिहिनहरु बताउँछन् ।
आइतबार वडा नम्बर ५को ठुलीचौरबाट सुरु भएको नापजाँच कार्य शुभारम्भ कार्यक्रम गढवा गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, वडा सदस्यहरु नरेश चौधरी, निर्मला परियार, भुमी शाखा प्रमुख सञ्जित पौडेल, अमिन नारायण सुवेदी लगायतकाको उपस्थिति रहेको थियो ।