राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका सल्लाहकार तुलसी प्रसाद गाैतमको निधन

ओमप्रकाश गुप्ता

सिसहनियाँ ११ असोज । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका सल्लाहकार तुलसी प्रसाद गाैतमको गएराति निधन भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँ निवासी ७७ वर्षिय गाैतमको क्यान्सर रोगका कारण काठमाडौं स्थित विरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा राति ११ बजे निधन भएको उनका छोरा रमेश गाैतमले जानकारी दिएका छन् ।

सुरूमा निमुनिया देखिएको र पछि फोक्सोमा क्यान्सर समेत देखिएपछि नियमित रूपमा उपचार भइरहेको थियोे । सिसहनियाँका प्रतिष्ठित समाजसेवी, बुद्धिजीवीका रूपमा परिचित गाैतम सामाजिक कार्यमा समेत निकै क्रियाशील थिए । उनको निधनले सिंगो सिसहनियाँ बजार शोकमा डुवेको ।

मृतक गाैतम प्रति राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले मृतक गाैतम प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारजनमा ईश्वरीले धर्यधारण गर्ने शक्ति प्रदान गरून भनी गहिरो समवेदना प्रकट गरेको छ ।

मा प्रकाशित