दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुन लागि रहेको निर्वाचनमा २७ बुँद्धे प्रतिबद्धतापत्र सहित रामप्रसाद पोख्रेलको नेतृत्वमा निर्माण भएको साझा, समावेशी व्यवसायीक प्यानल निर्वाचनमा होमिएको छ ।
‘व्यवसायीक सुरक्षा, व्यापारमा सुधार, सुशासन, पारदर्शीता, विकास अनि समृद्धिका लागि दाङ जिल्ला उवासंघको साझा, समावेशी व्यवसायीक प्यानल !’ मूल नारा बनाएर निर्वाचनमा होमिएको साझा व्यवसायीक प्यानलमा यस पटक अध्यक्षमा रामप्रसाद पोख्रेल, वरिष्ठ उपाध्यक्ष – दिपेन्द्र पुन मगर, उद्योग उपाध्यक्ष – ध्रुवकुमार गहतराज, वाणिज्य उपाध्यक्ष – राजभक्त राना, महासचिव – शालिकराम खनाल, सचिव – भिमसेन डिसी, कोषाध्यक्ष – प्रेमबहादुर बुढा मगर, सहकोषाध्यक्ष – यादव श्रेष्ठ, उद्योग सदस्य – सन्तोष नेपाली, महिला सदस्य – देबकला बस्नेत, बस्तुगत सदस्य – ओमप्रकाश पोख्रेल, एशोसियट सदस्य – गणेश दाहाल, वाणिज्य सदस्यहरु ः रणबिक्रम चन्द, राजकुमार गुप्ता, सुशील आचार्य, कृष्णबहादुर कुवँर (कृष), अर्जुन पन्थी, रेवन्त कुमार श्रेष्ठ, सञ्जय विश्वकर्मा, शेरबहादुर पुन उमेदवार बन्नु भएको छ ।
साझा, समावेशी व्यवसायीक प्यानलले जारी गरेको २७ बुँदे प्रतिबद्धतापत्र
१) घरभाडासम्बन्धी समस्या पहिचान, समाधान गर्नका लागि घरधनी र व्यवसायीहरुबीच समन्वयकारी भूमिका खेल्न ।
२) व्यवसायीहरुलाई अत्यावश्यक नापतौल कार्यालय दाङमा अनिवार्य स्थापना गर्न प्रभावकारी पहल गर्नका लागि ।
३) कर सम्बन्धि सबै खाले जानकारी व्यवसायीलाई सहजरुपमा प्रदान गर्न ।
४) रात्रिकालिन व्यवसायलाई सहज अनि सुरक्षित तवरबाट सञ्चालन गर्न ।
५) व्यवसायिक एवं नागरिकको सुरक्षाकालागी मुख्य स्थानहरुमा सिसी क्यामरा जडान गर्न ।
६) तीनै तहका सरकारले लिने व्यवसायी करको प्रणालीलाई एकद्वार बनाएर सरल र सहज प्रक्रियाबाट कर भुक्तानीको व्यवस्था मिलाउन ।
७) घोराही–५ धर्ना क्षेत्रमा स्थापना भएको औद्योगीक क्षेत्रलाई तत्काल सञ्चालनकालागी प्रभावकारी पहल गर्न ।
८) स्थानीय उत्पादनमा आधारित कृषी उद्योगको स्थापना एवं कृषी उपजको बजारिकरणको उचित व्यवस्था गर्न ।
९) कृषी उत्पादनको बजारिकरण तथा कृषीजन्य उद्योगमा राज्यको अनुदान, कर छुट, विद्युत महशुल छुट र कृषीजन्य उत्पादनको सहज निर्यातको व्यवस्था मिलाउन ।
१०) साना लगानीमा सञ्चालन हुने वा भैरहेका व्यवसायीले बिना धितो ऋण प्राप्त गर्न, कृषी तथा पर्यटनजस्ता आन्तरिक स्रोतमा आधारित उद्योगकालागी सहुलियतमा ब्याज, अनुदानकालागी पहल गर्र्न,
११) संस्थाकोलागी दिगो आर्थिक स्रोतको खोजी गरि संघलाई आर्थिक रुपमा सबल बनाउन ।
१२) ट्रान्सपोर्ट व्यवसायीलाई व्यवस्थित गर्न ट्रान्सपोर्ट बजार सञ्चालन गर्न ।
१३) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप व्यवस्थित गर्दै अनुभवी विषशज्ञ चिकित्सकबाट सर्वसुलभ र सरल सेवाको व्यवस्थापन र एमबिबिएस कक्षा यथाशीघ्र सञ्चालनकालागी पहल गर्न ।
१४) टरिगाउँ विमानस्थललाई विस्तार गरि तत्काल ठूला जहाज नियमित उडानको व्यवस्था गर्न र नारायणपुर क्षेत्रमा अन्तराष्ट्रिय विमानस्थलको निर्माणकालागी पहल गर्न ।
१५) कृषी उद्योग विकाससँगै जिल्लालाई फलफुल र जडीबुटी उद्योग क्षेत्रको विकास गर्न ठोस योजना निर्माण गर्न ।
१६) संघका कर्मचारीलाई समयको माग अनुसार क्षमता बृद्धि गरी आधुनिकीकरण गर्न,
१७) अफ्ठेरोमा परेका व्यवसायी एवं परिवारको सहयोगार्थ स्थापना गरिएको व्यवसाय सुरक्षा कोष बृद्धि एवं व्यवस्थित गर्न ।
१८) उर्जासम्बन्धी समस्या समाधानकालागी प्रभावकारी दबाब सिर्जना गर्न ।
१९) बहुउद्देश्य सभागृहलाई व्यवस्थित रुपमा सञ्चालन गरी सबै संघ सस्था र अन्य निकायको सहज पहुँच बिस्तार गर्न ।
२०) आधुनिक कर प्रणालीसम्बन्धी प्रशिक्षण तथा कार्यशाला गोष्ठीहरु सञ्चालन गर्न ।
२१) पर्यटकीय हब बनाउनका लागि आवश्यक होटल, केबलकार, जीपलाईन जस्ता पर्यटकीय पूर्वाधारको क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुलाई प्रोत्साहन कार्यक्रम बनाउन ।
२२) फुटपाथ तथा ठेला व्यवसायलाई व्यवस्थित रुपमा उचित स्थानमा राख्न ।
२३) व्यवस्थित, सुन्दर, स्वच्छ शहरिकरणकालागी विशेष पहल गर्न ।
२४) यस क्षेत्रकै मुख्य नाकाकारुपमा रहेको कोईलाबास नाकालाई व्यवस्थित रुपमा सञ्चालन गर्न ।
२५) बैंकहरुको कर्जा प्रवाहलाई सहज तथा ब्याजदर कम गर्ने नीति व्यवसायमैत्री बनाउन दबाब दिन ।
२६) जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवं प्रवद्र्धनका विविध योजना निर्माण गर्न ।
२७) कृषि तथा अन्य उत्पादन बढाउनका लागि व्यवस्थित हाटबजार सञ्चालन गर्न ।