गढवा, ९ आश्विन । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकामा नमुना सहकारी बनाउने बताउनु भएको छ।
गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि बुधबार वडा नं ५ मा प्रारम्भिक सहकारी भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो।हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ दाङसंग सहकार्य/साझेदारी गरेर करोडौको लगानीमा सञ्चालन गरेको भिटा परियोजनाले गाउँपालिका भरीका महिला दिदिबहिनीहरु लाई समेटेर एउटा नमुना सहकारी बनाउने बताउनुभयो।
हेठर प्रोजेक्ट नेपालको तिस प्रतिशत लगानी र गढवा गाउँपालिकाको ७० प्रतिशत लगानीमा सञ्चालित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना गढवा गाउँपालिकाको सबै भन्दा ठुलो र धेरै आशा बोकेको परियोजना भएको बताउदै अध्यक्ष पोख्रेलले उपस्थित सबै संग साथ सहयोग गर्न अनुरोध गर्नु भयो ।बिगतका दिनमा कैयौ कार्यक्रमहरु भएतापनि पनि भिटा परियोजनाले सबै लाई समेटेर प्रत्यक्ष उद्दम संइ जोडिएकोले सफल हुने आफु आशाबादी भएको बताउनुभयो। भिटा परियोजनाले मुख्यगरी बाख्रा पालन, तरकारी खेती र दुग्ध उत्पादन साथै बजारीकरणको क्षेत्रमा काम गरेको स्पष्ट पार्नु भयो। पहिलो बर्ष बाख्रा पालन, गोठ सुधार र तरकारी खेतीमा बिशेष जोग दिएको तर यस बर्ष दुग्ध उत्पादनका लागि भैसीपालक किसानहरु लाई पनि समेटिएर अझ बृहत रुपमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो।
त्यसैगरी सहकारी भेला लाई सम्बोधन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाका दिदिबहिनीहरु घर धन्दा संगसगै व्यवसायसंग पनि जोडिउन र जनचेतनाको विकास होस् भनि कार्यक्रम सुरु गरेको बताउनु भयो। भिटा परियोजना सफल पार्ने नपार्ने तपाईहरुको हातमा रहेकोले सबै मुल समूह र उपहार समूहका सदस्यहरुले एकदम मिहेनत र इमानदार भएर लाग्न अनुरोध गर्नुभयो। गढवा गाउँपालिकाले पालिका भित्रका सबै महिला हरुको अवस्था सुधार गर्न हातमा हात मिलाउन तयार हुनुपर्ने धारणा राख्नु भयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५का वडा अध्यक्ष लेखबहादुर थापाले महिलाहरुको सहभागिता र शशक्तिकरण बिना भिटा परियोजना सफल नहुने बताउनु भयो। आर्थिक रुपमा पिछडिएका महिलाहरुको जिवनस्तर सुधारका लागि भिटा परियोजनाले सुरु गरेको कार्यक्रम प्रभावकारी बन्दै गरेको बताउनु भयो। भिटा परियोजना सफल हुन महिला दिदिबहिनीहरुको अवस्था सुधार हुन र आत्मनिर्भर बन्दै आर्थिक रुपमा सम्पन्न हुनु पर्ने बताउनुभयो। बाख्रा पालन, तरकारी खेती संग दुग्ध उत्पादनको क्षेत्रमा बिशेष रुपमा काम गर्ने यो परियोजना भएको बताउदै अब सहकारी मार्फत सबैलाई जोड्ने बारे सबै वडामा हुने प्रारम्भिक सहकारी भेला सफल पार्न सबैमा अनुरोध समेत गर्नु भयो।
सिमलतारा उद्धमी महिलासमुहकी अध्यक्ष दिलमाया पुन मगरकाे अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापाको बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
गढवा गाउँपालिकाको आर्थिक र प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा भेला सम्पन्न भएको हो। वडा नम्बर ५को प्रारम्भिक सहकारी भेलामा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, वडा सदस्यहरु नरेश कुमार चौधरी, पल्टुराम यादव, निर्मला परियार त्यसैगरी इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली, गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्द, कृषि विकास शाखाका प्राविधिक फुलनदेवी चौधरी, पभिटा परियोजना संयोजक बसन्त कुमार शर्मा, यमुना सुबेदी, कल्पना चौधरी,साथै बिभिन्न समुहा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
सिमलतारा उद्धमी महिलासमुहकी कोषाध्यक्ष पदमा पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका उध्दम विकास सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।