गढवा, ८ असोज। दाङको गढवा गाउँपालिकाले पालिका स्तरिय नमुना सहकारी बनाउने बारे बृहत भेला अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत पालिका स्तरीय सहकारी गठनका लागि वडा नं ७ मानपुरमा प्रथम प्रारम्भिक भेला सोमबार सम्पन्न भएकाे छ ।
हरीयाली मुल उद्दमी समुहकी अध्यक्ष बिमला थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी र ७ नम्वर वडाध्यक्ष राहुलदेव चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।
प्रारम्भिक भेलमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालीकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता लक्षित कार्यक्रमहरुमा बिशेष ध्यान दिएको बताउनुभयो। युवाहरुलाई रोजगार र साना किसानहरु लाई स्वरोजगारको अवस्था सिर्जना गर्न पालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान संग साझेदारी गरेर महिला र युवा लक्षित कार्यक्रमहरु सुरु गरेको बताउनु भयो। आफुहरु निर्वाचिढ भएर आएपछी पहिलो तर ठुलो लगानीमा आर्थिक अवस्था कमजोर रहेका समुदायलाई साथै बिशेष गरी पछाडी परेका महिलाहरुलाई रोजगार संग जोड्दै आत्मनिर्भर बनाउने बारेमा बृहत छलफल पछी हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ संग सहकार्य गरेर परियोजना सुरु गरेको बढाउनु भयो। भिटा परियोजनामा गढवा गाउँपालिकाको ठुलो धनरासी खर्च भैरहेको र यो परियोजनामार्फत गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग रहेको स्पष्ट पार्नु भयो। हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान संग साझेदारी गरिएता पनि ठुलो लगानी पालिकाको लागेकोले जसरी पनि सफल पार्नु पर्ने बताउनुभयो। पालिका स्तरिय सहकारी स्थापना गरी किसान तथा पशुपालनमा लागेका किसानलाई आत्मनिर्भर बनाउने बारे बृहत सोच बनाएको जानकारी दिनुभयो।
री सहकारी भेलामा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कृषि तथा पशु पालनको क्षेत्रमा यो भिटा परियोजना एकदमै सफल रहेकोले सबै दिदि बहिनीहरु बिस्वासका साथ लाग्न अनुरोध गर्नु भयो ।महिलाहरुकै लागि आफुहरुले पहिलो कार्यकालमै करोडौ रुपैयाँको लागतमा यो ठुलो र महत्वपूर्ण परियोजनाको सुरुवात गरेको बताउनु भयो ।
गढवा गाउँपालिकाका महिलाहरुलाई उद्यमी बनाउने, आय आर्जनका लागि यो कार्यक्रमको मुख्य लक्ष्य रहेको बताउनुभयो। आर्थिक समृद्धीका लागि साझेदारी कार्यक्रम’भोकालाई एक छाक भोजन होईन जीउने जुक्ति सिकाऔ भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाले विशेष कार्यक्रमका साथ अघि बढीरलेको समेत बताउनुभयो।
त्यसैगरी प्रथम प्रारम्भिक सहकारी भेला कार्यक्रममा बोल्दै गढवा गाउँपालिका भिटा परियोजना संयोजक बसन्त कुमार शर्माले २०७९ साल चैत्र १७ गते गठन गरेको मुल समूह गठन गरेको स्मरण गर्दै हाल सम्म ३ मुल समुह र ९ वटा उपहार समूह निर्माण गरी ३सय १५ घरपरीवारलाई कार्यक्रम संग जोडेको बताउनु भयो। प्रत्येक समूहलाई तालिम दिएको बताउदै बिभिन्न समुह लाई तरकारी/पशुपालक कृषकहरुलाई बाख्रा, बयरजातको बोका साथै तरकारु खेतीको लागि बिशेष सहयोग गरेको जानकारी दिनु भयो । साना किसान तथा युवा उद्धमशिलता विकासका लागि गढवा गाउँपालिकामा आठ वटै वडामा प्रारम्भिक सहकारी भेला गरी बृहत् छलफल पछी पालिका स्तरीय सहकारी गठन गरिने र पालिकाभरीको उत्पादनलाई सहकारी मार्फत देशै भरी बिक्री वितरण गर्ने सोचका साथ लागिपरेको संयोजक शर्माले जानकारी दिनुभयो।
कार्यक्रम वडा नम्बर – ७ का वडाध्यक्ष राहुलदेव चौधरी, वडा सदस्यहरु रेखा थापा, महेन्द्र प्रसाद चौधरी, कमला नेपाली, मायाराम चौधरी, गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङका फोकल पर्सन भिमकान्त चौधरी, भिटा परियोजना परियोजना संयाेजक वसन्त कुमार शर्मा, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक,सहजकर्ता जया बिश्वकर्मा, बाबुराम यादव, आशा श्रेष्ठ, यमुना सुबेदी, कल्पना चौधरी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण सहजकर्ता कैलाश चौधरीले गर्नु भएको थियो ।