चुनाव रोक्न उजुरी हालेर आफै चुनावी प्रचारमा

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ६ असोज। सदस्यता नविकरणमा धाँधली भएको भन्दै उच्च अदालत तुलसीपुरमा दाङ जिल्ला उद्योग वाणिज्य संघ बिरुद्ध उजुरी हालेका व्यवसायिहरु आफै चुनावी प्रचारमा खटिएका छन् । उनिहरुले बिधान सम्मत रुपमा सददस्यता नविकरण नगरिएको भन्दै आगामी १३ गते हुने निर्वाचनलाई प्रभावित पार्न उच्च अदालत तुलसीपुरमा उजुरी हालेका छन् ।

तर उनै उजुरीकर्ताहरु आफै उम्मेदवार बनेर चुनावी प्रचार प्रसारमा खटिएका छन् । ‘आफै चुनाव रोक्न उच्च अदालतमा उजुरी हाल्ने अनि आफै उम्मेदवार बनेर चुनावको प्रचारमा खटिनु त दोहोरो चरित्र भैहाल्यो नि,’ एक व्यवसायिक नेताले भने ‘सिंगो संस्थाका बिरुद्ध उजुरी हालेर सोही संस्थाको पदाधिकारी बन्न आफै चुनावमा खटिनु त लाजमर्दो कुरा हो ।’

च्ुनाव रोक्ने नियतका साथ एमाले निकटस्थ ब्यवसायिहरु दिपेन्द्र पुन मगर,भिमसेन डाँगी र यादव बहादुर श्रेष्ठले उच्च अदालतमा मुद्धा हालेका छन् । यिनै व्यवसायिहरु एमालेका तर्फबाट उम्मेदवार समेत बनेका छन् ।

दिपेन्द्र पुन मगर बरिष्ठ उपाध्यक्षमा,भिमसेन डाँगी सचिवमा र यादवबहादुर श्रेष्ठ सहकोषाध्यक्षको उम्मेदवार हुन् । चुनाव रोक्न अदालतमा मुद्धा हालेका यि तिनै जना उम्मेदवारहरु घरदैलो गरेर मत पनि मागिरहेका छन् ।

मा प्रकाशित