पोख्रेल नेतृत्वको व्यवसायिक प्यानलद्धारा खाद्यान्न सहयोग

सविन प्रियासन

घोराही, ७ असोज ।रामप्रसाद पोख्रेल नेतृत्वको साझा समावेसी व्यवसायिक प्यानलले नेपाल अपाङ्ग संघ खगेन्द्र नव जिवन केन्द्रमा खाद्यान्न सहयोग गरेर औपचारिक रुपमा चुनाव प्रचारप्रसार अभियानको सुरुवात गरेको छ । यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको पोख्रेल नेतृत्वको साझा समावेसी व्यवसायिक प्यानलले खाद्यान्न सहयोग गरेर निर्वाचनको औपचारिक प्रचारप्रसार अभियानको सुरुवात गरेको जानकारी दिएको छ ।

अध्यक्ष पदका उमेद्वार रामप्रसाद पोख्रेलको नेतृत्वमा नेपाल अपाङ्ग संघ खगेन्द्र नव जिवन केन्द्र झिंगौरा पुगेको टोलीले चाामल, दाल, तेल, चिनी, नुन, नमकिन, साबुन सहयोग गरेको हो । अध्यक्ष पदका उम्मेद्वार पोख्रेलले संघका कार्यबहाक अध्यक्ष निशान्त आचार्य र सहसचिव बसन्त राज भट्टलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

चामल ३ बोरा, लुगा धुने साबुन १ गत्ता, प़mुरनदाना ३ पोका, मिक्स दाल ५ किलो, साबुन ६ थान, नुन ३ किलो, चिनी ५ किलो र तोरीको तेल ५ लिटर संघलाई प्रदान गरिएको थियो । साथै सहयोगी दाता उम्मेद्वारहरुलाई संघकातर्फबाट सहसचिव भट्टले आसन्न निर्वाचनमा बिजयीको अग्रिम शुभकामना सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सामजिक उत्तरदायित्वलाई आत्मसात गर्दै समाज सेवाका भवनाका साथ अपाङ संघमा सहयोग गरेर प्रचार प्रसार कार्यक्रम सुरु गरिएको र व्यवासायिहरुको साथ आफु नेतृत्वको प्यानललाई भएकाले चुनाव जित्नेमा आफुहरु ढुक्क रहेको अध्यक्ष पदका उम्मेद्वार पोख्रेलले बताउनुभयो ॥

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID