गढवाको बनकट्टी गाँउमा बाटोमा बाँधिएका पशु चौपाया हटाउने कार्य सुरु

आलोक भावुक

गढवा, १६ भाद्र । दाङको गढवा गाउँपालिका वडा नम्बर ६ बनकट्टी गांउको बाटोमा बांध्ने गरेका पशुचौपाया हटाउने कार्य सुरु भएको छ।

बाटोमा पशु चौपाया बाँध्दा आवतजावतमा समस्या साथै सवारी आवागमन प्रभावित हुने र दुर्घट्ना हुन सक्ने भएकोले घरपलुवा पशुचौपाया जथाभावी नछाड्न र बाटोमा नबाँध्न भाद्र – ३ गते गढवा गाउँपालिकाले एक सूचना जारी गरेर गाउँपालिका बासीलाई जानकारी गराएको थियो।

सूचना पाए पनि गढवा गाउँपालिकाको विभिन्न स्थानमा बाटोमा पशु चौपाया बाँध्ने गरेको जनगुनासो आएपछी गढवा गाउँपालिका वडा नम्बर – ६ का वडाध्यक्ष विर बहादुर आले मगरले वडाको बनकट्टी गाउँको बाटोमा बाँध्दै आएका पशुचौपाया हटाउने कार्यमा सक्रियता देखाई शनिबार पशुचौपाया हटाईएको छ।

बनकट्टी गांउका युवाहरुको सक्रियतामा बाटाका छेउछाउमा बांध्दै आएका पशु चौपाया, काठ दाउरा र ढुङ्गा हटाउन ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगरले आदेश दिनु भएको स्थानीय देवराज यादवले जानकारी दिनुभयो। पहिलो पटक केहीका किल्ला ओखलेर फालिएको छ भने केही लाई दुई चार दिनमै हटाईसक्नु पर्ने भनिएको छ नहटाए प्रचलित कानुन बमोजिम कारबाही गरिने वडाध्यक्ष विर बहादुर आले मगरले जानकारी दिनु भयो।

साथै आफ्नो गाउँ आफैं बनाऊँ भन्ने उद्देश्यले बनकट्टी गाउँका युवाहरुको सक्रियतामा बनकट्टी गाउँमा सरसफाई गरिएको छ। बाटोका छेउछाउमा रहेका झाडी सफाई गरिनुका साथै ग्राबेलमा मिलाईएको स्थानीय ईन्द्रदेव यादवको जानकारी दिनुभयो।

गढवा गाउँपालिकाले यस अघि नै पालिका भित्रका कुनैपनि बाटोमा पशु चौपाया बाँध्न प्रतिबन्ध लगाएको छ। गढवा गाउँपालिकाले भाद्र ३ गते एक सूचना जारी गर्दै गढवा गाउँपालिका क्षेत्र भित्र रहेका हुलाकी सडक खण्ड, लमही कोईलाबास सडक खण्ड र यी सडक संग जोडिएका अन्य सहायक सडकहरुमा घर पालुवा पशु चौपायाहरु सडक क्षेत्रभित्र बाँध्ने गरेको पाईएकोले सूचना प्रकाशित पश्चात पनि बाटोमा पशु चौपाया बाँधेको पाईए प्रचलित कानून बमोजिम कार्वाही गरिने बताइएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID