‘दत्तक’ (२००१):- अभिभावकप्रतिकाे उपेक्षालाई देखाउने, उनकाे महत्वलाई बुझाउने सिनेमा

सिनेमा चर्चा

प्रभाष

सँवाद-१;

एक व्यक्ति जब ज़िन्दगी की रफ़्तार में चलता-चलता धीमा पड़ जाता है ताे उसे बुड्ढा कहने लगते है। उसके लिए किसी के पास वक़्त नहीं हाेता। उसे किसी की ज़रुरत नहीं पड़ती। एक घीसे हुए सिक्के की तरह आख़िर कई हाथाें से हाेता हुआ एक काेने में कहीँ सरका दिया जाता है।

सँवाद-२;

यही ताे आजकल कि जेनेरेशन की समस्या है। न जाने आप लाेग क्या चाहते है? आप लाेगाें काे उन्नति, उन्नति और उन्नति के साथ में पैसा। और कुछ नहीँ चाहिए। आप लाेगाें की इस भागदाैड़ में काैन कितना पीछे छूट गया, इसका ताे इल्म नहीँ रहता आप लाेगाें काे।

सँवाद-३;

मेरी औलाद है और उनके नहीँ। फिर भी दाेनाें यहाँ? किस्मत की बात है।

‘दत्तक’ काे पाेष्टर

माथिका सँवादहरु सन् २००१ मा आएकाे, एनएफडिसीद्वारा निर्मित र गुल बहार सिहँद्वारा निर्दैशित ‘दत्तक’ फिल्मकाे हाे। यस फिल्मले सन्तानहरुकाे उपेक्षाका कारण जीवनमा एक्लाे भएपछि, सन्तानहरुबाट माया, स्याहारसुसार र सम्मान नपाएपछि घर छाेडेर हिँडेकाे बाबु र आफ्नो बाबुलाई खाेज्न दर-ब-दर भाैतारिहिँडेकाे छाेराकाे कथा भन्छ।

धेरै बर्षपछि अमेरिकाबाट आफ्नाे बाबुलाई भेट्न घर फर्केिआएकाे छाेराले घरमा आउदा आफ्नाे बाबुलाई देख्दैन। उसकाे बाबु घर छाेडेर हिँडिसकेकाे हुन्छ। देश छाेडेर अमेरिकामा गएपछि उसले कहिल्यै आफ्नो बाबुकाे खाेजखबर गरेन। उसले उतै जागिर खायाे, उतै उताकाे केटीसँग बिहे गर्‍याे, बच्चा जन्मायाे, परिवार बनायाे अर्थात् ऊ उतै सेट्टल भयाे। यस अवधिमा उसले आफ्नाे बाबुलाई पूर्णतया बिर्सिदियाे। अहिले थाहा छैन कति बर्षपछि ऊ घर फर्केर आउँदा उसकाे बाबु घरमा हुँदैन अनि उसकाे बाबु कहाँ गएकाे हाे, कुनै अत्तोपत्तो पनि हुँदैन। बाबुलाई घरमा नदेखेपछि ऊ बाबुलाई खाेज्न हिँड्छ। बाबुलाई खाेज्ने क्रममा ऊ ‘फ्ल्यासब्याक’ मा जान्छ र परिवारमा बाबुुसँगकाे आफ्ना बाल्यकालका पलहरु सम्झिन थाल्छ। अहिले आएर ऊ बाबुकाे आवश्यकता महसुस गर्छ, बाबुकाे महत्वबाेध गर्छ। तर अब उसकाे बाबु उसकाे सामु हुँदैन। उसकाे बाबु उसकाे जीवनदेखि धेरै टाढा गइसकेकाे हुन्छ। उसकाे सँसारदेखि हराइसकेकाे हुन्छ उसकाे बाबु।

ए के हँगल र रजित कपूर

आफ्ना सन्तानहरुबाट अभिभावकहरु उपेक्षित र अपहेलित हुनु, सन्तानहरु अभिभावकहरुबाट छुट्टिएर बस्नु र उनीहरुलाई नहेर्नु अथवा विदेश गएर उतै भास्सिनु र अभिभावककाे खाेजखबर नगर्नु…हाम्राे समाजमा सामान्य कुरा भइसकेको छ। तर यसले अभिभावकहरुकाे जीवनमा भने भयंकर रिक्तता/शून्यता र निस्सारता सिर्जना गरेकाे छ जसले उनीहरुलाई भित्रभित्रै खाइरहेकाे छ। यस्तै रिक्तता/शून्यता र निस्सारता ‘दत्तक’ काे अभिभावक/बाबु पात्रले महसुस गर्छ अनि उनकाे जेठा छाेरा पात्रले पनि महसुस गर्छ जब उसकाे बाबु हराउँछ।

मानिसले जीवनमा अभिभावकहरुकाे महत्व तब मात्र बुझ्छ, जब उनीहरुलाई गुमाउन पुग्छ। तब उनीहरुलाई आफ्ना अभिभावकहरुकाे असाध्यै माया लागेर आउँछ जब उनीहरु साथमा हुँदैनन्। यही बाेध यदि अभिभावकहरु जीवित छँदै र आफ्नाे साथमा छँदै गरे कति राम्राे हुन्थ्याे। पछि गएर पछुताउनु त पर्दैनथ्याे। उनीहरुलाई सम्झेर रुनु/विलाप गर्नु त पर्दैनथ्याे।

‘दत्तक’ मा बाबुकाे भूमिका निभाउने अभिनेता अन्जान श्रीवास्तव

‘दत्तक’ मार्फत् यसका निर्दैशक गुल बहार सिहँ सरलता र यथार्थताका साथ आफ्नाे कुरा राख्छन्, आफ्नाे कथा भन्छन्, मानिसकाे जीवनमा अभिभावककाे महत्वलाई बुझाउँछन्, थाेरै बाबु र छाेराबीचकाे मनमुटावलाई पनि देखाउँछन् र अन्त्यमा छाेरा पात्रले आफ्नाे बाबुलाई बुझ्न नसकेकाे र बाबुकाे उपेक्षा गरेकाेमा पश्चताप र प्रायश्चित गरेकाे देखाउँछन्। यसप्रकार छाेराले गरेकाे प्रायश्चितद्वारा निर्दैशक गुल बहार सिँह सन्तानहरुलाई प्रायश्चितकाे नवीन मार्ग देखाउँछन्, समाजलाई पनि सकरात्मक सन्देश दिन्छन् अनि यस फिल्मकाे शिर्षकलाई पनि चरितार्थ पार्छन्।

गुल बहार सिहँ

तपाईंहरुका अभिभावकहरु त तपाईंहरु सँगै हाेलान्। उहाँहरु आफुसँग छँदै उहाँहरुकाे महत्वलाई बुझ्नुहाेस्। उहाँहरुलाई माया, स्याहारसुसार र सम्मान गर्नुहाेस्। उहाँहरुलाई आफुसँगै राख्नुहाेस्। अन्यथा, जुनदिन उहाँहरु तपाईंहरुको जीवनदेखि हराउनु हुनेछन्, तब तपाईंहरुसँग पछुताउनु र प्रायश्चित गर्नु बाहेक अर्काे विकल्प बाँकी रहनेछैन।

मा प्रकाशित