
दाङ, ३० श्रावण। दाङमा जंगली च्याउ खाँदा एकै घरका तिनजना विरामी परेका छन् । जिल्लाको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एकै घरका तिनजना विरामी परेका हुन् ।
च्याउँ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मैकुटीमा वस्तै आएका ३१ वर्षका अजय सुनार , २७ वर्षिया ईश्वरी सुनार र उहाँहरुका ११ वर्षकी छोरी अस्मिता सुनार जंगली च्याउ खाँदा विरामी पर्नुभएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मा रहेको भित्ताला भन्ने जंगलबाट खोजेर ल्याएको नचिनेको च्याउ खाँदा उहाँहरु विरामी पर्नुभएको हो । विरापी परेकाहरुलाई वान्ता हुने,चक्कर लाग्ने र पखाला लाग्ने भएको छ । विरामीहरुलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लगि राप्ति स्वास्थ्य्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ । उनिहरुले जंगली च्याउ २८ गते साँझ खाएका थिए ।
मा प्रकाशित
