१२२ स्थानीय तह अझैं प्रमुख प्रशासकीय अधिकृतविहीन, ८४ गाउँपालिकामा निमित्तकै राज

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ श्रावण। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय तहमा निमित्तको राज निमिट्यान्न पार्ने उद्घोष गर्दै आएका छन् । मन्त्री बनेदेखि नै प्रशासनतर्फका सहसचिव,उपसचिव, शाखा अधिकृतहरूलाई हाजिर हुन नदिने, अहेव, जेटिए, कृषि प्राविधिकलाई निमित्त राखेर खेलो फड्को चलाउने प्रवृत्ति रोक्ने बताउँदै आएका भए पनि मन्त्री बनेको ६ महिनासम्म पनि स्थानीय तहमा निमित्त हटाएर प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेका छैनन् ।

सामान्यले महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव तहका, नगरपालिका र जिल्ला समन्वय समितिमा उपसचिव तहका कर्मचारीलाई र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटनपटन गर्दै आएको छ । तर अझैं १२२ स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।

मोदीले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा २५० पालिका निमित्त प्रमुखबाट चलाइएकोमा झण्डै एक सय पालिका प्रमुख प्रशासकीय अधिकृत खटाउन सफल भएका छन् । मोदीले साउन १ बाट सुशासनका कायम गर्न निमित्तवाद निमिट्यान्न पार्ने उद्घोष गरे पनि सफल हुन सकेका छैनन् । मोदीले जिम्मेवारी सम्हाले यता १ सय २८ स्थानीय तहमा प्रशासकीय प्रमुखहरु पठाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

हालैमात्र उपसचिव र अधिकृतहरुलाई मधेशमा खटाएर त्यहाँ निमित् निमिट्यान्न पारेका मन्त्री मोदीले अझैं देशभरका ११ उपमहानगरपालिकामध्ये धरान, हेटौंडा, तुलसीपुर र धनगढीमा मात्रै प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् । बाँकी दुई तिहाइ उपमहानगरपालिकाहरु प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

जीतपुर सिमरा, जनकपुरधाम, कलैया, बुटवल, नेपालगञ्ज, घोराही र इटहरी उपमहानगरपालिकामा निमित्तले काम चलाइरहेका छन् । तीमध्ये ६ वटामा उपसचिवले निमित्तको जिम्मेवारी पाएका छन् भने इटहरीमा शिक्षा क्षेत्रका सहसचिव निमित्त छन् ।

यस्तै २७६ नगरपालिकामध्ये ३१ नगरपालिकामा अझै पनि निमित्तको भरमा, ४६० गाउँपालिका ८४ गाउँपालिका निमित्तको भरमा चलेका छन् ।

मा प्रकाशित