दाङकाे गढवामा ३ दिने आधारभुत सहकारी तालिम शुरू

ओम प्रकाश बसेल

गढवा, १९ श्रावण । दाङकाे गढवा गाउँपालिका स्तरिय सहकारि संजालकाे आयाेजनामा गढवमा शुक्रबार देखि ३ दिने आधारभुत सहकारि तालिम शुरू भएकाे छ ।

संजालका अध्यक्ष बेगम गहतराजकाे अध्यक्षता एवम् गढवा गाउँपालिका का उपाध्यक्ष शारदा चाैधरि काे प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ दाङका सदस्य मिना गुरूङकाे बिशिस्ट आतिथ्यतामा उदघाटन कार्यक्रम शुरू भएकाे हाे ।

कार्यक्रममा बाेल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि शारदा कुमारी चाैधरीले सहकारी हरूलाई जस्ताे सुकै सहयाेग गर्न पालिका तयार रहेकाे प्रतिबद्धता ब्यक्त गर्दै सहकारीहरू नियम तथा विनियम अनुसार चल्दै सदस्य मैत्रि हुनु पर्नेमा कुरामा जाेड दिनुभयाे ।

१० वर्ष अघि देखि अआफु सहकारी क्षेत्रमा रहेकाे स्मरण गर्दै उपाध्यक्ष चाैधरीले सहकारीहरू सिस्टम भन्दा बाहिर गएर चल्न नहुने र सिस्टम देखि बाहिर रहेका संस्थाहरू अनुगमन गरि कार्वाहि गरिने समेत बताउनु भयाे ।

कार्यक्रममा २५ जना भन्दा बढि सहकारीका अध्यक्ष हरूकाे सहभागीता रहेकाे थियाे, तालिमकाे पहिलाे दिन आज शुक्रबार गढवा गाउँपालिका भरीका २५ बढि संस्थाका अध्यक्ष हरूलाई तालिम दिईएकाे थियाे ।

अध्यक्षहरूका लागि दिईएकाे तालिमकाे पहिलाे दिन आज संजालका अध्यक्ष बेगम गहतराज र आयाम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ओम प्रकाश बसेलले प्रशिक्षण दिनु भएको थियाे ।

शनिबार व्यवस्थापक र आईतबार लेखा सु परिबेक्षण समिति संयाेजकहरूलाई तालिम दिने कार्यक्रम रहेकाे संजालका सचिव देव किशाेर चाैधरीले जानकारि दिनु भयाे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID