गढवा गाउँपालिकाको सहयोगमा घर निर्माण हुदै

आलोक भावुक

गढवा, ११ श्रावण । गढवा गाउँपालिका र स्थानीयहरुको सहयोगमा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा घर निर्माण भैरहेको छ।

८३ बर्षिय भिमलाल पोख्रेल र ६८ बर्षिय तुलसा पोख्रेल दामपत्य जोडी बस्दै आएको घर जिर्ण बनेपछी गढवा गाउँपालिका र स्थानीयहरुको सहयोगमा घर निर्माण कार्य सुरु भएको बताइएको छ।

पोख्रेल जोडीको छोरा छोरी कोही नभएको र घर जिर्ण बन्दै गएकोले गढवा गाउँपालिका एक लाख पचास हजार र अरु स्थानीयहरुले चंदा संकलन गरेर घर निर्माणम जुटेको स्थानीयहरु बताउछन्।भान्सा सहितको दुई कोठे घरमा जस्तापाताको छानो रहेको छ। घर निर्माणको करिब ७० प्रतिशत काम सकिएको र अब केही दिनमै घर निर्माण कार्य सकिएर पोख्रेल जोडीलाई हस्तान्तरण गर्ने स्थानीय खिम प्रसाद घिमिरेले जानकारी दिनु भयो ।

घर निर्माण गर्ने समुदायहरुले सबै व्यवस्थापन गर्ने र उक्त घद निर्माणमा गाउँपालिकाले एक लाख पचास हजार रूपियाँ सहयोग गर्ने गरेको बताउदै गढवा गाउँपालिकाले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समुदाय स्तरमा ठुलो राहत पुग्ने र स्थानीय निकायले थालनी गरेको अभियानमा समेत टेवा पुग्ने बताउनुभयो। गाउँपालिका भित्र बेसहारा अशक्त र बृद्ध बृद्धाहरुको लागि स्थानीय समुदायसंग सहकार्य गर्दै घर निर्माण गर्ने योजनाका साथ काम अघि बढाएको पालिका अध्यक्ष पोख्रेलले बताउनु भयो ।अहिले गाउँपालिकामा २ वटा घर निर्माण भैरहेको र यो कार्यक्रमलाई निरन्तर रुपमा अगाडि बढाउदै लैजाने गाउँपालिकाको योजना रहेको अध्यक्ष पोख्रेलको भनाई छ।

गढवा पालिकाको वडा नम्बर – ६ बालापुरमा खरले छाएको जिर्ण अवस्थामा रहेको घर भत्कायर नयाँ घर निर्माणको ७० प्रतिशत काम सम्पन्न भएपछी ८३ वर्षिय भिमलाल पोख्रेलले आफुलाई गाउँपालिकाले गरेको सहयोगले राहतको महसुस् भएको बताउदै आफु जस्तै असहायहरुलाई गाउँपालिकाको सहयोग बरदान साबित हुने बताउनु भयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID