
देउखुरी १० साउन । दाङ-देउखुरीकाे नर्तीमा आज बुधबार राती करिब ९ बजेकाे समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ गईरहेकाे रा ४ प ५६०७ नम्बरकाे माेटरसाइकलले देउखुरीकाे नर्तीमा ठक्कर दिंदा साेही ठाउँ निवासी अन्दाजी ४०/४२ वर्षका सन्तु चौधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
ठक्कर दिने माेटरसाइकल भने वडा प्रहरी कार्यालय लमहीकाे नियन्त्रणमा रहेकाे छ भने माेटरसाइकल चालक फरार रहेकाेले खाेजी कार्य भईरहेकाे प्रहरीले जनाएकाे छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




