वृद्धामाथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ साउन ।दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिएका छन् ।

उपचारका लागि तुलसीपुर आएकी ती महिला बलात्कारमा परेको प्रहरीले जनाएको छ । वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID