बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि सामान्य रोजिन्: प्रचण्ड

गणतन्त्रनेपाल समाचारदाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नी जीवनसंगिनी सीता दाहालको निधनपछि पाएको श्रद्धाञ्जली,समवदेना र सम्मानले आफूलाई समाजका लागि थप योगदान गर्ने प्रेरणा मिलेको बताएका छन्।

प्रचण्ड पत्नी सीताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा आफू थप जिम्मेवारबोध भएर जनताको सेवामा काम गर्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री प्रचण्डले सीताको उपचारमा राज्यको कुनै सुविधा नलिएको भन्दै सीताले बाँच्दासम्म कसैलाई दु:ख नदिएको स्मरण गरे।

‘बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि सामान्य रोजिन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘उनले पाएको सम्मान र श्रद्धाञ्जली उनीप्रतिको न्याय हो।’

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID