
गढवा, २ साउन । जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खाँदा गढवामा एकै परिवारका दुई जना विरामी भएका छन्।
मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी भएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिनुभयो।
विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरकी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी रहेको प्रमुख यादवले बताउनु भयो ।
बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको हो ।
विरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकी गढवामा भैरहेको र हाल सम्म स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
मा प्रकाशित
