
दाङ, २६ असार। सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ। बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।
त्यहाँबाट थप उपचारको लागि बाँकेको भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले फरक जनाउ दिएको थियो। उक्त सर्प पसेको प्वाल वरिपरि कुकुर घुमिरहेको थियो। कुन जातको सर्प हो?
भनी पत्ता लगाउन खोज्दा प्वाल खनिएको थियो। कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो। सर्पलाई मारेको केहीबेर पछि कुकुरको मृत्यु भएको मृतकको परिवारले जनाएको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




