गढवा, २२ साउन। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा मधेशी मुस्लिम समुदायका व्यक्तिहरुलाई भाँडा र हात धुने साबुन र तालिम र कालो फिनेल निर्माण सम्बन्धी तालिमको शुक्रबार समापन गरिएको छ ।
गढवा गाउँपालिका वडाध्यक्ष नम्बर २ की वडा सदस्य जगमति यादवको अध्यक्षता तथा २ नम्बर वडाध्यक्ष भक्तु चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न भएको हो।
तालिममा १४ जना सहभागीहरुलाई भाँडा र हात धुने साबुनको साथै कालो र सेतो फिनेल निर्माण सम्बन्धी तालिमको दिईएको हो ।
तिनदिने तालिमको समापन कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरीले तालिममा सिकेको ज्ञान सिप व्यवहारमा उतार्न नसके तालिमको उपलब्धि मुलन नहुने बताउनु भयो । बिगतमा बिभिन्न तालिम।रु सञ्चालन भएको तर व्यवसायिक रुपमा काम नगर्नाले तालिमको उद्देश्य पुरा नभएको बताउनुभयो। सिप सिक्नुको मतलव व्यवहारमा उतार्नु तर यदी तालिम सिकेर घरमै बस्ने हो भने तालिम सिक्नुको कुनै औचित्य नरहने वडाध्यक्ष चौधरीले बताउनुभयो।
सहभागीको तर्फ बाट बोल्दै सुबास्ना चौधरीले आफुहरु तिन दिने दिनमा भाँडा र हात धुने साबुन साथै कालो र सेतो फिनेल निर्माण गर्न सकिने बताउनु भयो ।आगामी दिनमा सहयोग पाए आफुहरु व्यवसायिक रुपमा काम गर्न तयार रहेको तर बजारीकरण समस्या पर्छ कि भन्ने मनमा डर लागेको बताउनुभयो।
तिनदिने तालिममा महिला पुरुष गरी १४ जनाको सहभागिता रहेको थियो। तालिमको प्रमुख प्रशिक्षकहरुमा दाङ घोराही निवासी मनसरी घर्ती मगर रहनु भएको थियो ।
समापन कार्यक्रममा २ नम्बर वडाका वडा सदस्य राधेश्याम थारु कुमाल, पत्रकार लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रेरणा चन्दले गर्नु भएको ।