प्राविधिक समस्या नआए एसईईको रिजल्ट आजै, कसरी हेर्ने परीक्षाफल ?

गणतन्त्रनेपाल समाचारदाता

प्राविधिक समस्या नआए एसईईको रिजल्ट आजै, कसरी हेर्ने परीक्षाफल

काठमाडौं, २० असार। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा आज साँझ वा भोलि बिहानसम्म प्रकाशन गर्ने भएको छ ।

अहिले तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी अन्तिम चरणमा पुगेकोा सो कार्यालयले जनाएको छ ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि बुधबार बोर्ड बैठक बोलाइएको छ ।

आजै साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ तर कुनै प्राविधिक समस्या आएमा भने भोलि प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्टले सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

कार्यालयले आजको गोरखापत्रमा कसरी परीक्षाफल हेर्न सकिन्छ भनेर सरोकारवालाहरुलाई सूचित गरिएको छ।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

नतिजा प्रकाशनका लागि १९ संस्थाले परीक्षा नियन्त्रण कार्यालयकाट अनुमति पाएका छन । जसमध्ये १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID