भिरमा अडिएको आस्था सुपादेउराली जान्नुहोस यहाँको महिमा

गणतन्त्रनेपाल समाचारदाता

दाङ,१९ असार। सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्।

“सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ।

दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सिताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ ।

पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID