गढवा, १५ असार। लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले कृषि क्षेत्रमा जोड दिएर उत्पादन नबढाए देशमा खाद्य संकट हुने खतरा बढेको बताउनुभयो।
शुक्रबार गढवा गाउँपालिका कृषि विकास शाखाले गोबरडियामा आयोजना गरेको २०औं राष्ट्रिय धान दिवसको अवसरमा सो कुरा बताउनुभएको हो।
बिश्वभरीनै खाद्य संकट निम्तिने अवस्थामा रहेको बताउदै पूर्व मन्त्री थारुले उत्पादनमा बिशेष जोड दिनु पर्ने बताउनुभयो ।रैथाने जातको धान लाई संरक्षण गर्ने तर्फ अग्रसर हुनु पर्ने बताउदै मन्त्री थारुले उन्नत जातका धानको बिउमा समेत आत्मनिर्भर बन्नुको बिकल्प हामी बिच नरहेको बताउदै खाद्य संकट टाल्न धान उत्पादन लगाएतको अन्य उत्पादनमा पनि खेती गर्नु पर्ने बताउनुभयो। चक्लाबन्दी गरेर खेती गरे उत्पादन बढ्ने बताउदै थारुले रैथाने जातको धान उत्पादन बढी हुने भएकोले त्यसमा बढी केन्द्रित हुनुपर्ने बताउनुभयो। उन्नत जातको धान उत्पादनमा किसानको बढी चासो रहेको तर उन्नत जातको धानको बिउमा भारतकै मुख ताक्नु पर्ने र भारतले बिउ निर्यात बन्द गरे धान खेती धारासायी बन्ने धारणा राख्नु भयो। नेपालको इतिहांस हेर्दा धान र चामल निर्यात गर्ने गरेको तर २०३८ साल पछी धान उत्पादनमा कमी आएको र धान निर्यात घट्दै गएको र हाल देशनै कठिन मोडमा पुगेको बताउनुभयो । नेपालमा हाल ४५ अर्ब बराबरको चामल प्रति बर्ष आयात हुने गरेको बताउदै पूर्व मन्त्री थारुले कृषि प्रधान देशमा चामलमा आत्मनिर्भर हुन नसक्नु लज्जास्पद भएको बताउनुभयो। धान दिवश नारा र कार्यक्रममा मात्र सिमित नभई उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।
त्यसैगरी धान दिवस कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले २०औ बर्षमा धान दिवश मनाउदै गर्दा धान उत्पादनमा अधुनिकिरण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पहिले जस्तै धान उत्पादनमा कृषकहरु चासो नराखेको बताउदै अध्यक्ष पोख्रेलले जग्गा खन्ने करणले धान उत्पादन गर्न कमी भएको बताउनुभयो । धान उत्पादन लाई बढावा दिदै लैजानु पर्ने, चक्ला बन्दी खेतीको महत्व लाई बुझाउन पर्ने र त्यसको लागि बढी मिहेनत गर्नु पर्ने बिचार राख्नु भयो ।धान खेतीलाई प्रवर्धनमा जोड दिने साथै धान खेतीमा लाग्ने लागत मुल्य घटाउन पालिकाले पहल गर्ने आश्वासन समेत दिनु भयो ।टुक्रा टुक्रा भएको जमीन चक्ला बन्दीमा लगेर उत्पादन नगरे सम्म धान खेती जटिल्ता समाधान नहुने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले धान दिवश दिवश मात्र नभई हाम्रो संस्कृति हाम्रो पहिचान भएको बताउदै धान खेतीमा आत्मनिर्भर बन्न धान खेतीलाई पढाउदै लैजाने र मलजलको व्यवस्थापनका लागि पालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो। धान दिवस कार्यक्रममा निल कमल कृषक समूहकी अध्यक्ष सुनी चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
धान दिवस कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी, ३ नम्बर वडाका वडाध्यक्ष तुलसी राम अधिकारी, राप्ती प्राबिधिक शिक्षालयका बिध्यानगर गोबरडियाका प्रमुख शालिक राम डांगी, ३ नम्बर वडाका वडा सदस्य आशाराम चौधरी लगाएतक्ले बोल्नु भएको थियो ।धान दिवश कार्यक्रममा बोल्ने बक्ताहरुले धान दिवस राष्ट्रिय संस्कृति भएकोले प्रर्वद्धनमा हरेक नागरिकको भूमिका हुनुपर्ने बताउनुभएको थियो।
कार्यक्रम लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष तुलसी राम अधिकारी, ४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, वडासदस्यहरु र किसानले हलो जोतेर धान रोप्नु भएको थियो।
धान रोपाइँ गरिसकेपछि पूर्व मन्त्री थारु र पालिका अध्यक्ष पोख्रेल रोपाहारसित बसेर दही र चिउरा खानु भएको थियो।गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा कृषि विकास शाखाका प्राविधिक फुलनदेवी चौधरीले गर्नु भएको थियो ।