सालभौरी नाकामा गढवा गाउँपालिकाको न्यायिक समितिको इजालास

आलोक भावुक

गढवा, ८ असार। दाङको गढवा गाउँपालिका वडा नम्बर २ सालभौरी नाकामा गढवा गाउँपालिका न्यायिक समितिको इजालास कार्यक्रम बिहिवार सालभौरी नाकामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षता भएको कार्यक्रममा सालभौरी नाकाका जनताहरुसंग छलफल तथा न्यायको बारेमा छलफल तथा अन्तरक्रिया गरेको छ।

न्यायिक समितिको इजालास कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले न्यायको आभास हुने गरी आफुले काम गरेको बताउनु भयो। पालिकाको हरेक कुना कन्दरामा पुगी न्याय पाएकाहरुलाई न्याय दिने मलाई अभियानका साथ आफु लागेको बताउनुभयो। कानुनी सल्लाहकारको साथ समर्थनमा २०औ बर्ष देखी को बिबाद न्यायिक समितिले सजिलै मिलाएको बताउदै गढवा गाउँपालिका न्यायको लागि प्रभावकारी बन्दै गएको बताउनुभयो।

कार्यक्रममा बोल्दै सहभागीहरुले सालभौरी नाकामा पालिकाको आँखा परेको गुनासो पोखे। शिक्षा, स्वास्थ्य र बिकाश निर्माणमा विशेष ध्यान दिनु पर्ने बताउदै सहभागीहरुले आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक रहेको बताउनुभयो।

न्यायिक इजालास कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरी, न्यायिक समिति सदस्य रेखा थापा र देविलाल थारु कुमाल, कर्मचारी सुरेश पौडेल, वडा सदस्य मानु कुमाल लगायतकाको उपस्थिति रहेको थियो।

कार्यक्रमको बारेमा न्यायिक समिति सदस्य रेखा थापाले प्रकाश पार्नुभयो भएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID