गढवा गाउँपालिकाले मधेशी/मुस्लिम समुदायका व्यक्तिहरु लाई साबुन बनाउने तालिम दिदै

आलोक भावुक

गढवा, १९ जेठ। सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक सोच विकास तथा सीप विकासका लागि नुहाउने साबुन र लुगा धुने साबुन निर्माण सम्बन्धी सात दिने तालिम दिई रहेको छ।

गढवा गाउँपालिका वडा नम्बर ४,५,६ र ७ वडाका गरी कुल २२ जना मधेसी मुस्लिम समुदायका व्यक्तिहरुलाई सावुन बनाउने तालिम दिन सुरु गरिएको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८९/०८० महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत तालिम दिन लागिएको शाखा प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो।

मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका समुदायलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले आय मुलक तालिमको आयोजना गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । आर्थिक अवस्था कमजोर भएका मधेसी/मुस्लिम समुदायको आर्थिकस्तर उकास्ने उद्धेश्यले सावुन बनाउने तालिम आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताउनु भयो । घरमा प्रत्येक दिन प्रयोग हुने सावुन आफ्नै घरमा बनाउन सके र व्यवस्थापन गरी व्यवसायीक रुपमा उत्पादन गर्न सके तालिम उपलब्धिमुलक हुने बताउनु भयो । तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न चाहे पालिकाबाट हरसम्भव सहयोग मिल्ने बताउनुभयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मनसरी घर्ती मगरले प्रशिक्षण दिई रहनु भएको छ। प्रशिक्षणपछि महिलाहरुले आफ्नो लागि आवश्यक साबुन बनाउन सक्ने प्रशिक्षक मगरले बताउनुभयो।

तालिममा गाउँपालिका भित्रका चार वटा वडा गरी कुल २० जना मधेसी/मुस्लिम समुदायका व्यक्तिहरुको सहभागिता र रहेको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID