हालै दुईवटा महत्वपूर्ण फिल्महरु रिलिज भएकाे छ। एउटा, सुदीप्तो सेनकाे ‘द केरल स्टोरी’ र अर्काे सुधीर मिश्राकाे ‘अफवाह’। यी दुवै फिल्मकाे कंटेन्टमा समानता छ (दुवैले लव जिहादकाे बिषयलाई उठाएका छन्) तर दुवैकाे ‘ट्रिटमेन्ट’ र ‘अप्रोच’ फरक छ। (दुवैले लव जिहादकाे बिषयलाई फरक-फरक काेणबाट पर्गेलेका छन्।) के हाे त यी दुई फिल्म बीचकाे फरक? आंकलन गरिरहेका छन् आलोकनंदन शर्मा।
एउटा सीधा प्रश्न छ, फिल्म ‘द केरल स्टोरी’ लाई यतिसाह्राे ‘हाई-अटेन्शन’ किन दिइन्दैछ र फिल्म ‘अफवाह’ लाई ‘अंडरप्ले’ (अनदेखा वा बेवास्ता) किन गरिन्दैछ जबकि दुवै फिल्मकाे केन्द्रमा ‘लव-जिहाद’ छ? के यसकारण कि ‘द केरल स्टोरी’ काे कथाकाे तानाबाना लव जिहादमा फँसेका केटीहरुकाे वरिपरि बुनिएकाे छ जबकि ‘अफवाह’ मा याे देखाइएकाे छ कि कसरी कुनै घटना-विशेषलाई सोशल मिडियाका माध्यमबाट पूर्ण रुपले बदलेर लव जिहादकाे रूप दिइन्छ र जानेर-नजानेर त्यस हल्लालाई विस्तार गर्नमा सोशल मिडियामा सक्रिय व्यक्तिहरु संलग्न हुन्छन्?
फिल्म ‘अफवाह’ काे कथा एक यस्ती युवतीकाे वरिपरि घुम्छ जो आफ्नाे इच्छाका विरुद्ध एक राजनेतासँग विवाह गर्न चाहन्दिनन्। उनी घरदेखि भाग्छिन्। अनि अमेरिका रिटर्न एक बिजनेसमेनसँग अचानक उनकाे भेट हुन्छ। बिजनेसमेनले युवतीकाे मदद गर्छ। तर राजनेताका गुण्डाहरुसँग बचेर भाग्दै गरेकाे उनीहरुकाे भिडियो भाइरल हुन्छ। त्यसपछि यस घटनालाई ‘लव-जिहाद’ काे रूप दिइन्छ। यस घटनालाई गलत तरिकाले प्रस्तुत गरिन्छ अनि फेरि याे घटना सोशल मिडियामा लव जिहादकाे मुहार अख्तियार गर्दै आगाे जसरी फैलिन्छ। मानिसहरु कुनै साेचविचार नगरिकनै, कुरा नबुझिकनै त्यसलाई फरवर्ड गर्दै जान्छन्।
यस कथालाई फिल्म ‘अफवाह’ का निर्देशक सुधीर मिश्राले अत्यन्त सुन्दरताका साथ प्रस्तुत गरेका छन्। फिल्मकाे गति पनि अनुपम छ, अनि परिवेश र तमाम पात्र भी। यसले दर्शकहरुलाई रोमांचित गर्छ। नवाजुद्दीन सिद्दीकी र भूमि पेडनेकरले पनि सुधीर मिश्राकाे सधिएकाे निर्देशनमा अब्बल काम गरेका छन्।
यी सबका बावजूद यस फिल्मलाई नजरअंदाज (अनदेखा वा बेवास्ता) गरिन्दै छ। प्रश्न उठ्छ किन? यस फिल्मलाई जसरी नजरअंदाज गरिन्दैछ, त्यसलाई देखेर निर्देशक सुधीर मिश्रा पनि आश्चर्यचकित छन्। एक वेब पोर्टलका संवाददातासँगकाे कुराकानीमा उनले भने, ‘समय विचित्र हुन्छ। म चाहन्छु कि याे फिल्म मानिसहरुसम्म पुगुन्। याे फिल्म छलफलकाे लागि हाे। म सामान्यतया मानिसहरुकाे प्रतिक्रियाकाे परवाह गर्दिन तर यसपटक मलाई चिन्ता लागिरहेको छ।’
उनकाे भनाइकाे अर्थ स्पष्ट छ। सुधीर मिश्रा चाहन्छन् कि यस फिल्ममा देखाइएकाे कंटेन्टमाथि कुरा हाेस्, सोशल मिडियाका माध्यमबाट फैलाइन्दै गरेकाे हल्ला (अफवाह) का तौर-तरिकाहरुमाथि कुरा हाेस्। उनलाई लाग्छ कि प्राविधिक क्रान्तिकाे जुन दौरमा मानव सभ्यता प्रवेश गरिसकेकाे छ, त्याे खतरनाक छ। व्यक्ति विशेषका लागि पनि, उसकाे स्वतन्त्रताकाे लागि पनि, समाजकाे लागि पनि अनि धर्म र राष्ट्रकाे लागि पनि। यस फिल्ममा ‘लव-जिहाद’ लाई लिएर हल्ला फैलाइन्दैछ र हल्ला फैलाउने पूरै चक्रव्यूह रच्ने नेतालाई थाहा छ कि आफ्नाे मनपर्ने चीज हासिल गर्नका लागि कस्ताे हल्ला फैलाउनुपर्छ र कसरी फैलाउनुपर्छ।
फिल्म ‘दि केरल स्टोरी’ काे बक्स-अफिस कलेक्शन पहिलाे दिन ८ करोड रुपैयाँ, दाेस्राे दिन ११.२२ करोड रुपैयाँ र तेस्राे दिनकाे कलेक्शन १६.६० करोड रुपैयाँ रह्याे। अर्कोतर्फ, फिल्म ‘अफवाह’ काे बक्स-अफिस कलेक्शन पहिलाे र दाेस्राे दिन क्रमश: २५-२५ लाख रुपैयाँ रह्याे र तेस्राे दिन ५० लाख रुपैयाँ रह्याे। दुवै फिल्ममा आ-आफ्नोे तरिकाबाट ‘लव-जिहाद’ लाई चित्रित गरिएकाे छ। पहिलाे फिल्ममा ‘लव-जिहाद’ काे मेकानिजमलाई प्रदर्शित गरिएको छ, यस दाबीका साथ कि याे फिल्म पूर्णतया सत्य घटनामाथि आधारित छ, जबकि दाेस्राे फिल्ममा याे देखाइएकाे छ कि ‘लव-जिहाद’ शब्दकाे प्रयाेग कसरी आफ्नाे लक्ष्यलाई हासिल गर्न कुनै राजनीतिक व्यक्ति/नेताले गर्छ र कसरी यसकाे नाममा फैलाइन्दै गरेकाे अफवाह (हल्ला) बाट कसैकाे ज्यान खतरामा पर्न जान्छ।
प्रश्न उठ्छ कि कम-बेसी एउटै विषयमा (लव जिहादकै वरिपरि) बनेका दुई फिल्महरुमध्ये एक फिल्मलाई दर्शकहरुले शीरमा किन चढाएर राखे र अर्काे फिल्मसँग किन दूरी बनाए? रिलिज हुनुभन्दा पहिले नै फिल्म ‘दि केरल स्टोरी’ का बारेमा याे दाबी गरियाे कि याे फिल्म सत्य घटनामाथि आधारित छ र करिब ३२ हजार गैरमुस्लिम महिलाहरु केरल जस्ता राज्यबाट ‘लव-जिहाद’ काे चंगुलमा फँसेर गायब भइसकेका छन्। तमाम संचारमाध्यमहरुमा पनि यही प्रचारित-प्रसारित गरिन्दैछ कि यस फिल्मले ‘लव-जिहाद’ काे अनुहारबाट मुकुण्डाेलाई उतार्छ (सत्य देखाउँछ) र गैर-मुस्लिम युवतीहरुलाई सतर्क बनाउँछ जबकि फिल्म ‘अफवाह’ ले समाजमा अफवाह (हल्ला) फैलाएर मानिसहरुलाई दिगभ्रमित गर्ने (गुमराह गर्ने) मेकानिजमकाे पर्दाफाश गर्छ र यसकाे हिस्सा न बन्नका लागि सतर्क गर्छ।
एक समय थियाे जब भारतमा विशुद्ध रूपले मनाेरंजनात्मक फिल्महरु बन्थे। तीनजना दाजुभाई बाल्यकालमा छुट्थे, अलग-अलग धर्मका मानिसहरुकहाँ हुर्किन्थे अनि फेरि फिल्मकाे अन्त्यमा भेट्थे। दर्शकहरु यसप्रकारका फिल्महरुलाई मन पराउँथे। त्यसैले बक्स-अफिसमा पनि यसप्रकारका फिल्महरुले धमाल मच्चाउँथे। मनमोहन देसाई, प्रकाश मेहरासहित कैयौं निर्माता-निर्देशकहरुले यस फार्मुला अन्तर्गत फिल्महरु बनाए। उत्कृष्ट कारोबार गर्नुकाे साथै यस प्रकारका फिल्महरुले भारतकाे समरसतालाई बलियाे बनाउनमा महत्वपूर्ण भूमिका निभाए।
याे पनि भुल्नुहुन्न कि यस प्रकारका फिल्महरु सन् १९७१ काे भारत-पाक युद्ध पश्चात् (यसभन्दा पहिले भारत १९४८ र १९६५ मा पाकिस्तानकाे तर्फबाट २-२ वटा आक्रमणलाई झेलिसकेकाे थियाे।) यसका बावजूद फिल्महरुका कंटेन्ट भारतीय समाजकाे आन्तरिक हिस्साका लागि बिशाक्त भएनन्, र सायद त्यसबेला दर्शकहरु पनि मानसिक रुपमा विभाजनकारी कंटेन्टलाई हेर्नका लागि तयार थिएनन्।
साथै फिल्म निर्माताहरु-निर्देशकहरुलाई पनि समाजका प्रति आफ्नाे उत्तरदायित्वकाे पूर्ण बाेध थियाे। समाजमा धेरै विसंगतिहरु हुनुकाे बावजूद उनीहरु पर्दामा यस्ता कुराहरु प्रदर्शन गर्न चाहन्दैथे जसबाट यी विसंगतिहरुलाई अझ बढावा मिलाेस्।
यस्ताेमा पछिल्लाे ३०-४० बर्षमा यस्तो के भयाे कि ‘अमर अकबर एंथोनी’ काे विभाजन हुन थाल्याे? ‘अमर अकबर एंथोनी’ लाई एकसाथ हेर्ने दर्शकहरुकाे विभाजन हुन थाल्याे। डिजिटल क्रान्तिकाे उद्देश्य जीवनलाई सुगम बनाउने थियाे, समाजमा बिष घाेल्ने वा अफवाह (हल्ला) फैलाउने थिएन।
सायद सुधीर मिश्राले यही संवादलाई अघि बढाउने इच्छाले फिल्म ‘अफवाह’ काे निर्माण गरे, तर प्रश्न उठ्छ कि के समाज यसबेला स्वस्थ संवाद गर्ने स्थितिमा छ? अनि के फिल्म मानिसहरुलाई स्वस्थ संवाद गर्ने स्थितिमा ल्याउने भूमिका निभाइरहेकाे छ त?
यस फिल्मलाई किन हेर्ने?
‘अफवाह’ (हल्ला) काे मेकानिजमलाई बुझ्न र नवाजुद्दीन सिद्दिक़ी र भूमि पेडनेकरकाे जबरदस्त अभिनयलाई देख्नका लागि।
आलोकनंदन पटना स्थित एक पत्रकार-लेखक-चिंतक हुन्, जो आफ्ना व्यापक अनुभवहरु र गहन अध्ययनकाे बलमा समाज, इतिहास र जीवन-दर्शनलाई समग्रताका साथ-साथ व्यावहारिकतालाई सूक्ष्मताकाे स्तरमा पनि आंकलन गर्ने क्षमता राख्छन्। फिल्महरुलाई लिएर उनकाे अत्यन्त खास र एक बिलकुलै अलग दृष्टिकोण छ।