‘लिसन…अमाया’ (२०१३):- प्रेम, जीवन र सम्बन्धहरुकाे अर्थबाेध गराउने सिनेमा

सिनेमा चर्चा

प्रभाष

यस सिनेमाले प्रेम, जीवन र सम्बन्धहरुकाे अर्थबाेध गराउँछ। जीवनकाे अविरलतासँगै जीवनकाे क्षणभुंगरताकाे पनि बाेध गराउँछ। ‘समय, सम्बन्ध र इन्द्रियहरुकाे साथ जीवनमा कति छाेटाे र क्षणिक छ’ भन्ने कुरा महसुस गराउँछ अनि ‘जीवन छाेटाे नै भए पनि हामीले बाँच्ने जीवनकाे आकाश फराकिलाे हुनुपर्छ’ भन्छ।

‘लिसन…अमाया’ एक विशुद्ध ‘मल्टिप्लेक्स सिनेमा’ हाे। यस सिनेमाले धेरै कुरालाई समेटेकाे छ। यस सिनेमामा हामी प्राैढ मानिसहरुकाे ‘platonic love’ लाई गहिराेसँग महसुस गर्न सक्छाैं, अभिभावककाे आफ्नाे सन्तानप्रतिकाे माया र अभिभावक र उनकाे सन्तानबीचकाे मनाेवैज्ञानिक दुरी र त्यसले निम्त्याउने व्यवहारिक असन्तुलनलाई देख्न सक्छाैं अनि महानगरीय-आधुनिक पुस्ताकाे कथित ‘आधुनिकता’ काे सीमा पनि राम्राेसँग थाहा पाउन सक्छाैं।

जसरी आख्यान र चित्रहरुकाे मिलेकाे संयाेजनले मात्र कुनै पनि पुस्तक सुन्दर बन्छ, सम्बन्ध पनि त्यसरी नै सुन्दर बन्छ, अनि जीवन पनि। यदि सुन्दर ढंगले जीवन जिउने हाे भने जीवन र सम्बन्धकाे ‘आख्यान र चित्र’ पनि आपसमा मिल्नुपर्छ। फाेटाेग्राफर जयन्त (फारुक़ शेख) र लेखिका अमाया (स्वारा भास्कर) काे सहकार्यकाे प्रसङ्गद्वारा फिल्मले यस सत्यलाई बिम्बात्मक रुपमा उजागर गरेकाे छ।

जयन्त (फारुक़ शेख) र अमाया (स्वारा भास्कर)

जीवन यादहरुकाे सहाराले मात्रै त चल्दैन, जीवनमा प्रियजनकाे साथ पनि चाहिन्छ। आफुलाई बुझ्ने र आफुलाई माया गर्ने कुनै खास व्यक्तिकाे साथ अनिवार्य हुन्छ जीवनमा। इन्द्रियहरुले साथ छाेडेमा यादहरुले पनि साथ छाेड्छ। तर यादहरुले साथ छाेडे पनि, इन्द्रियहरु चल्न छाेडे पनि, आफ्नाे प्रियजनले आफ्नाे साथ नछाेडेमा यादहरुकाे साथ बिना पनि सुखद् जीवन बाँच्न सकिन्छ।

प्रियजनले सहारा दिए बाँच्नका लागि यादहरुकाे सहारा खाेजिरहनुपर्दैन। उनकाे मायाले बाँचुन्जेल, हरेक क्षण जीवनकाे आनन्द दिन्छ। अनि फेरि, मानिसलाई त्यस्ताे बेला नै अधिक प्रेम र हेरचाहकाे आवश्यकता पर्छ जब उनका इन्द्रियहरुले उनकाे साथ छाेडिसकेका हुन्छन्। जयन्त (फारुक़ शेख) र लीला (दीप्ति नवल) बीचकाे ‘प्लेटाेनिक’ सम्बन्धले हामीलाई यस कुराकाे बाेध गराउँछ। उनीहरुकाे कथा वा सम्बन्धकाे चित्रण यस सिनेमाकाे मुख्य हाइलाइट हाे। फिल्ममा लीलाकाे अन्तर्मनकाे द्वन्द्वलाई, उनीभित्रकाे आमा र स्त्रीकाे भावना र द्वन्द्वलाई सुन्दरताका साथ अभिरेखन गरिएकाे छ।

जयन्त (फारुक़ शेख) र लीला (दीप्ति नवल)

विवाह नगरि अनि शारीरिक रुपमा एकाकार नभइकन पनि पुरुष र स्त्रीका बीच एक प्रकारकाे आत्मीय सम्बन्ध वा मनकाे सम्बन्ध स्थापित हुन सक्छ। अनि, प्रेम यस्ताे चीज हाे जसमा उमेरकाे कुनै सीमा हुँदैन। जुनसुकै उमेरका मानिसहरु हाेउन्, चाहे ‌उनीहरु वृद्ध नै किन नहाेउन्, प्रेममा पर्न सक्छन्। उनीहरु आपसमा प्रेम गर्न सक्छन्। याे स्वभाविक कुरा हाे। यसलाई आपत्तिजनक मान्नुपर्ने कुनै कारण छैन।

तर हामी हाम्राे अग्रज वा अभिभावकले आफु प्रेममा परेकाे कुरा गरे त्यसलाई अनैतिक मान्छाैं। उनीहरुले विवाह गर्ने वा रिलेशनशिपमा बस्ने कुरा गरे त्यसलाई आपत्तिजनक ठहर गर्छाैं र सीधै खारेज गर्छाैं। पुराना पुस्ताका मानिसहरुकाे कुरा छाडिदि‌ऊ, अहिलेकाे नवपुस्ता भनिएका आधुनिक जमानाका ‘मेट्राेपाेलिटन कल्चर’ मा हुर्किएका हामी युवायुवतीहरु पनि यस कुरालाई पचाउन सक्दैनाैं।

यसले हाम्राे कथित ‘आधुनिकता’ काे धज्जी उडाइदिएकाे छ। हामी आधुनिक भनाउँदा सहरीया पुस्ताकाे पाखण्डकाे पाेल खाेलिदिएकाे छ। ‘अग्रजहरुका मित्रता/प्रेम सम्बन्ध’ अझै पनि हाम्रा आधुनिक युवा पुस्ताहरुका लागि taboo बनिरहेको छ। आखिर किन? याे साेचनीय छ। हामी आधुनिक भनिने युवा पुस्ता grow up हुनु जरुरी छ।

‘लिसन अमाया’ काे पाेष्टर

आमा र छाेरीकाे सम्बन्धकाे चित्रण यस सिनेमाकाे दाेस्राे मुख्य हाइलाइट हाे। आमा र छाेरीबीच सुमधुुर सम्बन्ध हुन्छ। तर जब उनीहरुका बीचमा तेस्राे व्यक्ति आउँछ, तब आमा-छाेरीबीच तनाव उत्पन्न हुन्छ अनि उनीहरुकाे सम्बन्ध तिक्ततापूर्ण बन्न पुग्छ। आमाकाे जीवनमा कुनै अर्काे पुरुष आउने वा कुनै अर्काे पुरुष आमाकाे जीवनकाे हिस्सा बन्ने कुरा छाेरीलाई स्वीकार्य हुँदैन। त्यसाे भएमा आमाकाे ध्यान उनीहरु (उनी र उनकाे बाबु) बाट हट्ने, त्यही पुरुषतर्फ आमाकाे ध्यान जाने र आमाले उनीहरुलाई बिर्सने डर उनलाई हुन्छ। त्यसैले, उनी आफ्नी आमाकाे जीवनमा कुनै अर्काे पुरुष आएकाे स्वीकार्न सक्दिनन्।

यहाँनेर छाेरीले आमाकाे मनलाई बुझ्न सकेको देखिन्दैन। आमाकाे भावनात्मक आवश्यकतालाई बुझ्न सकेको देखिन्दैन। मानिसकाे शारीरिक मात्र हैन, भावनात्मक आवश्यकता पनि हुन्छन्। मानिस एक्लै आफ्नाे सिङ्गाे जीवन काट्न सक्दैन। उनलाई जीवन काट्न मन मिल्ने साथीकाे आवश्यकता हुन्छ। यस्ताे साथीकाे आवश्यकता हुन्छ, जसले उनलाई बुझ्न सकाेस्। उनले नभनिकनै उनका मनका कुराहरु बुझ्न सकाेस्। उनलाई आफ्नाेपनकाे अनुभूति दिलाउन सकाेस्। जसमाथि उनी आफुभन्दा बढी विश्वास गर्न सकुन्, जसले उनलाई उनकाे हात नसमातिकन पनि सहारा दिइरहेकाे अनुभूत गराउन्। त्यस्ताे साथी खाेजिरहेकाे हुन्छ मानिस। यदि जीवनकाे कुनै माेडमा त्यस्ताे काेही साथी भेटेमा उनीसँग एकाकार हुन चाहन्छ मानिस। किनभने, माथि नै भनियाे, मानिस एक्लै आफ्नाे सिङ्गाे जीवन काट्न सक्दैन। एक्लाेपनाले उनलाई काट्छ। त्यसैले मानिस एक्लाेपनाबाट बच्न खाेज्छ।

त्यस्तै, मानिस सधैभरि आफ्नाे जीवन पछाडि हेरेर बाँच्न सक्दैन। एक न एक दिन उनले अगाडि हेर्नैपर्छ। कुनै न कुनै बिन्दुमा पुगेपछि उनले पनि ‘मुभ अन’ गर्नैपर्छ। ‘मुभ अन’ गर्नुपर्छ अर्थात् उनले अघि बढ्नुपर्छ। किनभने, जीवन कसैकाे लागि राेकिन्दैन। ‘मुभ अन गर्नु’ वा ‘अघि बढ्नु’ काे अर्थ पुराना सम्बन्धहरुलाई अनादर गर्नु वा पुराना यादहरुलाई बिर्सिदिनु/मेटिदिनु हैन। ‘जिन्दगी यादहरुकाे लागि हैन। बरु यादहरु जिन्दगीका हिस्सा हुन्’ र ‘पुराना सम्बन्धहरुका कारण हामी नयाँ सम्बन्धहरु बनाउन छाड्दैनाैं’, जस्ता यस सिनेमाका संवादहरुले यस कुरालाई सटिक ढँगले बुझाउँछ।

‘लिसन अमाया’ काे पाेष्टर

यस फिल्मका मुख्य पात्रहरुले आ-आफ्ना पुराना यादहरुलाई सम्हालेर राखेका छन्। जस्तै, जयन्तले आफ्ना पत्नी र बच्चीकाे यादहरुलाई सम्हालेर राखेका छन्। उनी नियमित अन्तरालमा उनीहरुकाे सम्झनामा रानीखेत भ्रमण गर्न जाने गर्छन्। अमायाले आफ्नाे बाबु, आमा र उनीबीचकाे यादहरुलाई सम्हालेर राखेकी छन्। यसप्रकार उनीहरुले आफ्नाे अलगै ‘कन्फर्ट जाेन’ बनाएका छन्। जसमा अरु कसैले प्रवेश गरे उनीहरु विचलित हुन्छन्। विशेषगरि, अमाया। अमायालाई भएकाे यही हाे। उनी आफ्नाे बाबुसँग, बाबुका यादहरुसँग यतिसाह्राे ‘अट्याच’ भएकी छन् कि उनी अरु कसैलाई आफ्नाे बाबुकाे स्थानमा कल्पना गर्न सक्दिनन्। त्यसैले, उनकी आमाकाे जीवनमा अर्काे पुरुष (जयन्त) आउने कुराले उनलाई विचलित बनाउँछ।

लीलाले पनि उनकाे पतिसँगका पुराना यादहरुलाई बडाे जतनका साथ सम्हालेर राखेकी छन्, तर उनी ती यादहरुसँगै बाँधिएर रहन चाहन्दिनन्। उनी अघि बढ्न चाहन्छिन्, ‘मुभ अन’ गर्न चाहन्छिन्। र याे सही पनि हाे किनभने मानिस आफ्नाे पूरै जिन्दगी पछाडि हेरेर बिताउन सक्दैन। मानिस सधैभरि विगतका यादहरुकाे जंजीरमा जकडिएर रहन सक्दैन। उनले अघि बढ्नैपर्छ। त्यसाे भएकाे हुनाले ‘मुभ अन’ गर्ने लीलाकाे फैसला अनुचित छैन। लास्टमा जयन्त पनि त रानीखेत नगई लीलाकाे घरमा आउँछ। जयन्तलाई देखेर लीला भन्छिन्, ‘अरे, यिनी त (रानीखेत) जानेवाला थिए (तर गएनछन्)।’ जवाफमा जयन्त ठट्टा गर्दै भन्छ, ‘तिमी भन्छाैं भने अहिले नै (रानीखेततर्फ) फर्किन्छु’। यस दृष्यले जयन्तले पनि ‘मुभ अन’ गरेकाे देखाउँछ।

यस सिनेमाले आफुले देखाउन गइरहेका कुराहरुलाई पहिल्यै बलियाेसँग सँकेत गर्छ। जस्तै, सुरुतिरकाे एउटा दृष्यमा अमाया आफ्ना साथीहरुलाई आफुले ज्याजसँग मिलेर किताब लेख्न गइरहेको कुरा बताउँछिन्। याे सुनेर एकजना केटी साेध्छे, ‘याे ज्याज काे हाे?’ जवाफमा अर्काे केटा भन्छ, ‘जयन्त अंकल जाे हरेक दाेस्राे दिन क्याफेमा आउँछन्।’ ‘ए त्याे ज्याज !’ केटी भन्छे, ‘उनी त आन्टीलाई मनपराउँछन्, हैन?’ या सुनेर अमाया अँध्यारो अनुहार बनाउँछिन्। यस दृष्यले फिल्ममा पछि देखाइने प्रमुख पात्रहरुका एक प्रमुख द्वन्द्वकाे कारणकाे जनाऊ दिन्छ।

त्यस्तै, यस सिनेमाकाे सुरुवाततिर नै जयन्त र अमाया चाँदनी चाैक घुम्न जाँदा जयन्तले एउटा घडी पसलकाे बाटाे बिर्सन्छ। त्यसपछि, नियमित अन्तरालमा उनले सा-साना कुराहरु बिर्सेकाे देखाइन्छ, कहिले मान्छेकाे नाम बिर्सेकाे देखाइन्छ त कहिले माेबाइल फाेन बिर्सेकाे देखाइन्छ। वास्तवमा याे सब दृष्यहरुबाट फिल्ममेकर याे पात्र (जयन्त) बिर्सने राेग अर्थात् अल्जाइमरकाे सिकार भएकाे, उनकाे अल्जाइमर फर्स्ट स्टेजमा भएकाे र याे क्रमशः हुर्किरहेकाे जनाइरहेकाे हुन्छ। अन्तत: उत्तरार्धमा उनलाई अल्जाइमरले पूर्ण रुपले छाेपेकाे देखाएपछि यस कुराकाे खुलासा हुन्छ।

अस्सीकाे दशकमा एकसाथ थुप्रै सिनेमामा देखा परेका, समानान्तर सिनेमाका दुई प्रमुख आधारस्तम्भ र हिन्दी सिनेमाका सर्वाेत्तम जाेडीहरुमध्ये एक फारुक़ शेख र दीप्ति नवल लामाे समयपछि पुन: एकसाथ यस सिनेमामा देखा परेका छन् र उनीहरुले आ-आफ्ना भूमिकालाई कुशलतापूर्वक जिएका छन्। उनीहरुकाे जाेडी सधैजस्तै पर्फेक्ट देखिन्छ। यस सिनेमामा उनीहरुलाई पुन: एकसाथ पर्दामा देख्दा ‘चश्मे बद्दुर’, ‘किसी से ना कहना’, ‘कथा’, ‘साथ-साथ’ जस्ता अनगिन्ती पुराना सिनेमाहरुकाे याद ताजा भएर आउँछ। एउटा दृष्यमा त फारुक़ शेखकाे पात्र जयन्तले दीप्ति नवलकाे पात्र लीलालाई ‘मिस चम्काे’ भनेर सम्बाेधन पनि गर्छ जुन उनीहरुकाे लाेकप्रिय फिल्म ‘चश्मे बद्दुर’ काे दीप्ति नवलकी पात्रकाे नाम हाे।

फारुक़ शेख

‘लिसन…अमाया’ काे परिवेश दिल्ली हाे। यसमा दिल्लीका स्थानीय पात्रहरुलाई उभ्याइएकाे छ। जयन्त, लीला, अमाया सबै दिल्लीका बासिन्दा हुन्। यस सिनेमामा दिल्लीकाे स्थानीयता एवं दिल्लीकाे एसेन्स पनि राम्राेसँग अंकित भएकाे छ जसलाई तपाईंले हृदयबाट याे सिनेमा हेर्नुभयाे भने महसुस गर्न सक्नुहुन्छ। यसमा देखाइएका दिल्लीका गल्ली-माेहल्ला र चाँदनी चाैक, दिल्लीका स्थानिय पात्रहरु (जस्तै- घडीपसले) र उनीहरुसँगकाे अर्थपूर्ण संवादले दिल्लीकाे मा‌ैलिकतालाई उजागर गर्दछ। यदि तपाईंले आफ्नाे जीवनकालमा दिल्लीलाई अलिकति भए पनि ‘जिउनु’ भएकाे छ भने यसमा अंकित दिल्लीकाे आञ्चलिकताले तपाईंलाई ‘नाेस्टाल्जिक’ बनाउने पक्का छ।

अविस्मरणीय संवाद:-

घडीवाला:- ‘कुन मुर्खले भन्छ कि समय कसैकाे लागि राेकिन्दैन। हेर्नुहाेस्, याे घडीलाई नै हेर्नुहाेस्, अड्की-अड्की चल्छ। यहाँ हरेक घडी बिल्कुल एउटा यात्री जस्तै लाग्छ, जब मन लाग्छ, हिँडिदिने। कुनै चीजमाथि मन बस्याे कि राेकिने।’

जयन्त:- ‘कमाल गर्नुहुन्छ तपाईं रिजवान भाइ ! तपाईंले त यी घडीहरुमा प्राण नै भरिदिनुभयाे।’

घडीवाला:- ‘महाेदय ! तपाईलाई के लाग्याे, यी घडीहरु निष्प्राण छन्? अरे, यिनीहरुले नै त हामीलाई बताउँछन् कि कहिले हामी याे संसारमा आयाैं र कहिले याे संसारबाट विदा भएर गयाैं।’

‘लिनुहाेस्, चिया लिनुहाेस्।’

जयन्त:- ‘धन्यवाद !’

जयन्त:- ‘(चिया पिउँदै) चिया बढिया छ। एउटा कुरा भन्नुहाेस्, यति धेरै घडीहरु छन्। यी सबमा तपाईंलाई कसरी थाहा हुन्छ कि सही समय कुन हाे?’

घडीवाला:- ‘अरे महाेदय ! के सही र के गलत? एक पलकाे कुरा हाे। कतै उत्सव त कतै शाेक। ल, तपाईं एउटा कुरा भन्नुहाेस्, तपाईं यति धेरै तस्वीरहरु किन खिच्नुहुन्छ?’

जयन्त:- ‘म पनि तपाईंले जस्तै समयसँग खेलवाड गर्छु। हरेक राेचक पललाई तस्वीरहरुमा कैद गर्छु।’

फाेटाेग्राफर जयन्त बनेका फारुक़ शेख

घडीवाला:- ‘त्याे किन?’

जयन्त:- ‘किनभने त्याे पल, केवल पल नरहेर एउटा सुन्दर याद बनेर रहिरहाेस्।’

घडीवाला:- ‘महाेदय ! यादहरुलाई त यहाँ (दिमागतर्फ देखाउँदै) कैद गरिन्छ।’

जयन्त:- ‘तर, यसकाे (दिमागतर्फ देखाउँदै) पनि के भराेसा छ र?’

मा प्रकाशित