गढवा गाउँपालिका र कर्म हेल्थ विच कार्यक्रम गर्ने सम्झौतामा हस्ताक्षर

आलोक भावुक

गढवा, २१ बैशाख । गढवा गाउँपालिकामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन गर्न गढवा गाउँपालिका र कर्म हेल्थ विच कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ।

बिहीबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र कर्म हेल्थको तर्फ बाट प्रशासन तथा सञ्चालन निर्देशक बिशाल चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।

गढवा गाउँपालिका र कर्म हेल्थ विच साझेदारीमा कार्यक्रम सञ्चालन हुने छ ।कार्यक्रम लागु पश्चात गढवा गाउँपालिकाको आठ वटै वडामा सामुदायिक स्वास्थ्य कार्यकर्ताको रुपमा स्थानीय महिलाहरु लाई जिम्मेवारी दिईनेछ। आठ वटै वडामा खटाईने महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु लाई आधारभुत ताविम तथा सरसमान प्रदान गरिने कर्म हेल्थले जानकारी दिएको छ।

कर्म हेल्थ नेपाल सरकार, कम्पनी दर्ता कार्यालय, काठमाडौं तथा समाज कल्याण परिषदमा आबद्ध गैर नाफामुलक संस्था भएको र कार्यक्रम सञ्चालनका लागि जापानमा आधारित गैर सरकारी संस्था आशा नेपालले कर्म हेल्थलाई प्राविधिक सहयोग गर्ने कर्म हेल्थका प्रशासन तथा सञ्चालन निर्देशक बिशाल चौधरीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका र कर्म हेल्थको साझेदारीमा गढवा गाउँपालिकाको आठ वटै वडामा एकिकृत स्वास्थ्य सेवा विकाश कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा सामुदायिक स्वास्थ्य कार्यकर्ता परिचालन, गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका र दिर्घ रोगीहरुलाई घरघरमा भेंट गयाने कार्यक्रम हुनेछ ।त्यसैगरी जनसङ्ख्या तथा स्वास्थ्य अभिलेख प्रणाली विकाश कार्यक्रम अन्तर्गत नियमित सर्वेक्षण तथा जनगणना, विध्धुतिय स्वास्थ्य अभिलेख प्रणाली जस्ता कार्यक्रमहरू साझेदारीमा हुनेछ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी को उपस्थिति रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID