आज १ मे (अन्तर्राष्ट्रिय मजदूर दिवस) काे अवसरमा, ती सहिदहरुकाे कथा भन्दैछाैं, जसले मानवताकाे उज्ज्वल भविष्यका लागि आफ्नाे जीवन समर्पण र बलिदान गरे।
मजदूरहरुकाे चाड ‘मे दिवस’ अर्थात् ‘मजदूर दिवस’ कारखानामा मजदूरहरुकाे कार्यदिवस आठ घण्टा मात्र हुनुपर्ने माँग राखेर मजदूरहरुले गरेकाे शानदार आन्दोलनकाे उपलब्धि थियाे। त्यसभन्दा पहिले मजदूरहरु दिनमा चौध घण्टादेखि लिएर सत्र-अठारह घण्टासम्म खट्थे। कैयाैं देशमा त मजदूरहरुकाे कार्यदिवस ताेकिएकै थिएन। यसबारे कुनै नियम बनेकाे थिएन। तसर्थ, सूर्य उदाएदेखि लिएर रात भइन्जेलसम्म मजदूरहरु कारखानाहरुमा काम गर्थे। सँसारभरि अलग-अलग मुलुकहरुमा आठ घण्टा कार्यदिवसकाे माँगलाई लिएर आन्दोलनहरु भइरहन्थे। भारतमा पनि सन् १८६२ मा नै मजदूरहरुले यस माँगलाई लिएर कामबन्दी अर्थात् हड्ताल गरेका थिए। तर पहिलाेचाेटि ठूलाे परिमाणमा मजदूर आन्दोलनकाे सुरुवात अमेरिकाबाट भयाे।
अमेरिकामा एक विशाल मजदूर वर्ग उत्पन्न भयाे। यिनै मजदूर वर्गले आफ्नाे शारीरिक बल, मेहनत, सीप, शिल्प र कलाकाैशलले अमेरिकामा ठूला-ठूला सहरहरु बसाए, सडकहरु र रेलहरुका लिकहरुकाे जाल बिछाए, नदीहरुमा बाँध बाँधे, गगनचुम्बी भवनहरु ठड्याए। सँक्षेपमा, पूँजीपतिहरुका लागि सँसारभरिका ऐशो-आरामका संसाधनहरु जुटाइदिए। भरपूर सम्पत्ति कमाइदिए।
त्यसबेला अमेरिकामा मजदूरहरुलाई दिनमा १२ देखि १८ घण्टासम्म काममा खटाइन्थ्याे। बच्चाहरु र महिलाहरुलाई समेत दैनिक १८ घण्टा काममा जाेताउनु आमबात थियाे। तसर्थ, अधिकांश मजदूर आफ्नाे जीवनकाे ४० बर्ष पनि पूरा गर्न पाउँदैनथे। उनीहरु त्यसअगावै राेग, भाेक, शाेक र अत्याधिक श्रमले थला परेर, पाैष्टिक आहार, सरसफाइ र आराम नपाएर, कुपाेषणकाे सिकार भएर प्राण त्याग्थे।
यदि मजदूरहरुले आफुहरुमाथि भइरहेकाे याे अमानवीय व्यवहार, श्रमशाेषण र उत्पीडनका विरुद्ध आवाज उठाए कारखानाका मालिकहरु निजी गुण्डाहरु, पुलिस र सेनाहरुद्वारा उनीहरुमाथि आक्रमण गराउथे। तर ती अत्याचारहरुबाट अमेरिकाका बहादुर मजदूरहरु दब्नेवाला थिएनन्। भनिन्छ नि, जति जाेडले कुनै पनि चीजलाई दबाइन्छ, उति नै जाेडले त्याे चीज बिस्फाेट हुन्छ। उसै पनि अमेरिकाका मजदूरहरुका लागि बाँच्नु र मर्नुमा खासै भिन्नता थिएन। आखिर उनीहरु बाँचेर पनि मरेतुल्य थिए। तसर्थ, उनीहरुले सम्मानजनक मानवीय जीवन हासिल गर्नका लागि लड्ने निर्णय गरे।
सन् १८७७-१८८६ सम्म मजदूरहरु अमेरिकाभरि आठ घण्टा कार्यदिवसकाे माँग लिएर गाेलबन्द (एकजुट र संगठित) हुन सुरु गरे। सन् १८८६ मा पूरै अमेरिकामा मजदूरहरुले ‘आठ घण्टे कार्यसमितिहरु’ बनाए। शिकागोमा उठेकाे मजदूरहरुकाे आन्दोलन सर्वाधिक शक्तिशाली थियाे। त्यहाँ मजदूरहरुका संगठनहरुले मे १ तारिखकाे दिन सबै मजदूरहरु आफ्नाे औजार राखेर सडकहरुमा उत्रिने र आठ घण्टा कार्यदिवसकाे नारालाई बुलन्द गर्ने निर्णय गरे।
१ मे १८८६ का दिन सिङ्गाे अमेरिकाका लाखोैं मजदूरहरुले एक साथ हड्ताल सुरू गरे, जसमा ११,००० वटा कारखानाहरुमा काम गर्ने कम से कम तीन लाख अस्सी हजार मजदूर सहभागी थिए। त्याे दिन शिकागो महानगरकाे आसपास सारा रेल यातायात ठप्प भयाे र शिकागोका अधिकाँश कारखाना तथा वर्कशाप बन्द भए। सहरकाे मुख्य मार्ग मिशिगन एवेन्यूमा अल्बर्ट पार्सन्सकाे नेतृत्वमा मजदूरहरुले एक शानदार जुलूस निकाले।
मजदूरहरुकाे बढ्दाे शक्ति र उनीहरुकाे नेताहरुकाे ढृढसंकल्पदेखि भयभीत उद्योगपति-पुँजीपतिहरु लगातार उनीहरुमाथि आक्रमण गर्ने घातमा थिए। सारा का सारा अखबार (जसका मालिक पूँजीपति थिए) ‘लाल खतरा’ काे बारेमा चिच्याइरहेका थिए। उधाेगपति-पुँजिपतिहरुले आफ्नाे वरिपरि पुलिसका सिपाही र सुरक्षाकर्मीहरुलाई पनि तैनाथ गरेका थिए।
यसका अतिरिक्त कुख्यात पिंकरटन एजेन्सीका गुण्डाहरुलाई पनि हतियारहरुद्वारा सुसज्जित गरेर मजदूरहरुमाथि आक्रमण गर्नका लागि तयार पारेर राखेका थिए।
उधाेगपति-पुँजीपतिहरुले याे परिस्थितिलाई ‘संकटकाल’ घोषित गरेका थिए। सहरका तमाम धनाढ्य-पुँजीपति व्यापारीहरुकाे बैठक लगातार चलिरहेकाे थियाे। जहाँ याे ‘खतरनाक परिस्थिति’ सँग जुध्नेबारे विचार वा छलफल गरिन्दै थियाे।
३ मे मा सहरकाे परिस्थिति अत्यन्त तनावपूर्ण बन्याे जब मैकार्मिक हार्वेस्टिङ मेशिन कम्पनीका मजदूरहरुले दुई महिनादेखि चलिरहेकाे लकआउटकाे विरोधमा र आठ घण्टा कार्यदिवसकाे समर्थनमा कारवाही (हड्ताल) सुरू गरे।
जब आन्दोलनरत मजदूरहरुले पुलिसकाे पहरामा हड्ताल तोड्न लागि ल्याइएकाे तीन सय गद्दार मजदूरहरुका विरुद्ध सभा सुरू गरे तब पुलिसहरुले निहत्था मजदूरहरुमाथि गोली चलाए। चारजना मजदूर मारिए र धेरैजना मजदूर घाइते भए। त्यसपछिका दिनहरुमा पनि मजदूरहरुका समुहहरुमाथि लगातार आक्रमणहरु भइरहे।
यस बर्बर पुलिस दमनका विरुद्ध चार मे काे साँझ सहरकाे मुख्य बजार हे मार्केट स्क्वायरमा मजदूरहरुले एउटा जनसभाकाे आयाेजना गरे जसकाे लागि उनीहरुले सहरकाे मेयरसँग अनुमति पनि लिए।
सभा राति आठ बजे सुरू भयाे। करिब तीन हजार मानिसहरुका बीच पार्सन्स र स्पाइसले मजदूरहरुलाई एकजुट र संगठित भएर पुलिस दमनकाे मुकाबला गर्न आह्वान गरे। तेस्राे वक्ता सैमुअल फिल्डेन बोल्नका लागि जब उठे तब रातकाे दस बजिरहेका थियाे र मुसलधारे वर्षा हुन सुरु भयाे। यसबेलासम्म स्पाइस र पार्सन्स आ-आफ्ना पत्नी र दुइ बच्चाकाे साथमा त्यहाँबाट गइसकेका थिए। यसबेलासम्म भीड अत्यन्त कम भइसकेको थियाे — केही सय मानिसहरु बाँकी रहेका थिए।
सभा करिब-करिब समाप्त भइसकेकाे थियाे कि १८० जना पुलिसहरुकाे एउटा जत्था बूटहरु बजाउँदै मार्केट चौकमा आइपुगे जुन जत्थाकाे अगुवाई क्याप्टेन बॉनफिल्डले गरिरहेकाे थियाे जसलाई शिकागोका नागरिकहरु उसकाे क्रूर र बेहूदा स्वभावका कारण घृणा गर्थे। पुलिसकाे तर्फबाट सभामा सामेल मजदूरहरुलाई त्यहाँबाट जान र ठाउँ खाली गर्न हुकुम दिइयाे।
मजदूरहरुका अगुवा स्यामुअल फिल्डेन पुलिसहरुलाई ‘आफुहरुकाे याे सभा शान्तिपूर्ण सभा भएकाे’ कुरा बुझाउन खाेज्दै थिए कि यसैबीच कसैले मानाैं इशारा पाएर एउटा बम फ्याँक्याे। आजसम्म पनि उक्त बम फ्याँक्ने मान्छेकाे बारेमा पत्ताे लागेकाे छैन। यही मानिन्छ कि बम फ्याँक्ने मान्छे पुलिसकाे भिजिलान्ते वा भाडाकाे टट्टू थियाे। याे स्पष्ट थियाे कि बमकाे निशाना मजदूरहरु थिए तर पुलिस चारैतिर फैलिएका थिए। फलस्वरूप बम पुलिसमाथि नै खस्याे र पड्कियाे। एकजना मारिए र पाँचजना घाइते भए।
त्यसपछि बाैलाएकाे पुलिसले चौकलाई चारैतिरबाट घेरेर भीडमाथि अन्धाधुन्ध गोली बर्षाउन थाल्याे। ज-जसले भाग्ने कोशिश गरे, तिनीहरुमाथि गोली र लाठी बर्साए। याे पुलिसकाे दमनमा ६ जना मजदूर मारिए र २०० जना भन्दा बढी मजदूरहरु घाइते भए। मजदूरहरुले आफ्नाे रगतले आफ्नाे कपडा रँगाएर त्यसैलाई झण्डा बनाए।
यस घटनापश्चात् पूरे शिकागोमा पुलिसले मजदूर बस्तीहरु, मजदूर संगठनहरुका कार्यालयहरु, छापाखानाहरु आदिमा जबरदस्त छापा मारे। प्रमाण जुटाउनका लागि हरेक चीज उल्टाए-पल्टाए। सैयाैं मानिसलाई प्रमाणैबिना केवल शंकाकाे आधारमा पिटे, क्रूर यातना दिए। हजाराैं मानिसलाई गिरफ्तार गरे।
आठ मज़दूर नेताहरु — अल्बर्ट पार्सन्स, आगस्ट स्पाइस, जर्ज एंजेल, एडाल्फ फिशर, स्यामुअल फिल्डेन, माइकेल श्वाब, लुइस लिंग्ग और आस्कर नीबे, माथि झूटा मुुद्दा लाएर उनीहरुलाई हत्यारा अपराधी घाेषित गरे। यिनीहरुमध्ये एकजना नेता, सैमुअल फिल्डेनमात्र बम बिस्फोट हुँदा घटनास्थलमा उपस्थित थिए।
जब मुद्दा सुरू भयाे तब सातजना व्यक्तिमात्र कठघरामा थिए। डेढ महिनासम्म अल्बर्ट पार्सन्स पुलिसकाे पकडदेखि टाढा थिए। उनी पुलिसकाे पकडमा आउन सकेका थिएनन्। उनी कहिल्यै पनि पुलिसकाे पकडमा नआउन सक्थे तर उनकाे आत्मालाई याे स्वीकार्य भएन कि उनका निर्दाेष साथी-सहयाेद्धाहरु झुठाे मुद्दामा दण्डित हाेउन्, तर उनी आफुचाँहि बचुन्। उनले आफ्ना सहयाेद्धाहरुकाे साथ छाेड्न चाहेनन्। त्यसैले उनी आफै अदालत गएर जजकाे सामु उपस्थित हुँदै भने, ‘म मेराे निर्दाेष साथीहरुसँग कठघरामा उभिन आएकाे छु।’
पूँजीवादी न्यायकाे लामाे नाटकपश्चात् २० अगस्त १८८७ मा शिकागोकाे अदालतले आफ्नाे फैसला सुनायाे। सात जनालाई मृत्युदण्डको सजाँय र एकजना (नीबे) लाई पन्ध्र बर्ष कारावासकाे सजाँय दिइयाे। स्पाइसले अदालतमा चिच्याएर भने, ‘यदि तिमी साेच्छाैं कि हामीलाई फाँसीमा झुन्ड्याएर तिमी मजदूर आन्दोलनलाई…गरिबी र दुरावस्थामा पनि ज्यान फालेर मेहनत गर्ने लाखाैं मजदूरहरुकाे आन्दोलनलाई कुल्चिनेछाैं, यदि यही तिम्राे साेच हाे भने खुशी-खुशी हामीलाई फाँसी देऊ। तर याद राख… आज तिमी एउटा झिल्काेलाई कुल्चिन्दैछाैं, तर यहाँ-त्यहाँ, तिम्राे अगाडि-तिम्राे पछाडि, तिम्राे चारैतिर आगाे भड्किनेछ। याे दावानल हाे। तिमी यसलाई कहिल्यै पनि निभाउन सक्नेछैनाैं।’
सारा अमेरिका र तमाम अन्य देशहरुमा यस क्रूर फैसलाकाे विरुद्ध भड्किएकाे जनताकाे आक्राेशकाे दबावमा अमेरिकाकाे सुप्रीम कोर्टले पहिले त अपील मान्न अस्वीकार गर्याे तर पछि इलिनाय प्रान्तका गर्भनरले फिल्डेन र श्वाबकाे मृत्युदण्डकाे सजाँयलाई आजीवन कारावासमा बदलिदियाे। १० नाेवेम्बर १८८७ मा सबभन्दा कम उमेरकाे नेता लुइस लिंग्गले कालकोठरीभित्रै आत्महत्या गरे।
अर्काे दिन (११ नाेवेम्बर १८८७) मजदूर वर्गकाे इतिहासकाे दुर्भाग्यपूर्ण शुक्रवार थियाे। पार्सन्स, स्पाइस, एंजेल और फिशरलाई शिकागोकाे कुक काउण्टी जेलमा फाँसी दिइयाे। अफसरहरुले मजदूर नेताहरुकाे मृत्युकाे तमाशा हेर्नका लागि शिकागोकाे दुई सय धनवान् सहरियाहरुलाई बाेलाएका थिए।
तर मजदूरहरुलाई डरले कामेकाे-डराएकाे हेर्ने उनीहरुकाे इच्छा मनमै रह्याे। त्यहाँ उपस्थित एकजना पत्रकारले पछि लेखे: ‘चारै मजदूर नेता क्रान्तिकारी गीत गाउँदै फाँसीकाे तख्तासम्म पुगे र शानका साथ आ-आफ्ना ठाउँमा खडा भए। फाँसीकाे फन्दा उनीहरुकाे घाँटीमा हालियाे। स्पाइसकाे फन्दा बढी कडा थियाे, फ़िशरले जब त्यसलाई मिलाए तब स्पाइसले मुस्कुराएर धन्यवाद भने।
फेरि स्पाइसले चिच्याएर भने, ‘एक समय आउनेछ, जब हाम्राे माैनता ती आवाजहरुभन्दा अधिक शक्तिशाली हुनेछ जसलाई तिमी आज दबाइ हालिरहेका छाैं…’ फेरि पार्सन्सले बोल्न सुरू गरे, ‘मेराे कुरा सुन…अमेरिकाका वासीहरु ! मेराे कुरा सुन…जनताकाे आवाजलाई दबाउन सकिन्न…’ तर यही समय तख्तालाई तानिदिइयाे।
१३ नाेवेम्बरका दिन चारै मजदूर नेताहरुकाे शवयात्राले शिकागोलाई मजदूरहरुकाे एक विशाल जुलुसमा बदल्याे। पाँच लाखभन्दा पनि बढी मानिसहरु यी नायकहरुलाई अन्तिम विदाई दिनका लागि सडकहरुमा उर्लिए।
त्यसबेलादेखि लिएर विगत १३३ बर्षमा सँसारमा भएका अनगिन्ती संघर्षहरुमा बगेकाे करोडाैं मजदूरहरुकाे रगत यति सजिलैसँग धर्तीमा बिलाउने छैन। फाँसीकाे तख्ताबाट गुन्जिरहेकाे स्पाइसकाे पुकारले पूँजीपतिहरुकाे मनमा डर जन्माइरहनेछ। असँख्याैं मजदूरहरुकाे रगतकाे आभाद्वारा चम्किरहेकाे लाल झण्डाले मजदूरहरुलाई अगाडि बढ्न प्रेरित गरिरहनेछ।
– ‘मजदूर बिगुल’ मा प्रकाशित लेखकाे अनुवाद