कोलम्बिया एजुकेसन दाङद्वारा वृद्धाश्रम तेरौटेमा जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण

गणतन्त्रनेपाल समाचारदाता

दाङ, १८ बैशाख। कोलम्बिया एजुकेसन दाङले वृद्धाश्रम तोरैटमा रहेको दौपता कुमारी लोहनी, लक्ष्मी नारायण वृद्धाश्रममा पुगि जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण गरिएको छ ।

सोमबार कोलम्बिया एजुकेसन दाङका सयौंको संख्यामा गएका विध्यार्थीहरुले वृद्धाश्रममा निशुल्क स्वास्थ्य चेकजाँच, फलफूल वितरण, आसपासका क्षेत्रमा सरसफाइ गरेको एजुकेसन कन्सुलर राज बनियाँले जानकारी दिनु भयो।

सेवा नै धर्म हो,हामी पहिलो प्रथामिक्ता यस ठाउमा रहेको वृद्धाश्रममा रहनु भएका जेष्ठ नागरिकहरुको स्वास्थ्य लाई बिशेष ख्याल गर्दै कोलम्बिया एजुकेसनको तर्फ बाट निशुल्क स्वास्थ्य चेकजाँच, सरसफाई लगायतका विभिन्न काममा सहयोग गरेका छौ र निरन्तर गरिरहने छौ कोलम्बिया एजुकेसन दाङका प्रमुख प्रकाश लोहनीले बताउनुभयो।

कार्यक्रम भूपाल गिरीको अध्यक्षतामा भएको भएको थियो। कार्यक्रममा कोलम्बिया एजुकेसन दाङका प्रमुख प्रकाश लोहनी, संस्थाका कोषाध्यक्ष प्रकाश आचार्य, एजुकेसन कन्सुलर राज बनियाँ, नविन आचार्य र सैयौको संख्यामा विध्यार्थीहरुको उपस्थिति रहेको थियोे। कार्यक्रममा सहजीकरण कोलम्बिया एजुकेसन दाङका वोर्ड सदस्य संगित अधिकारीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID