एमाले दाङद्वारा बेलझुण्डि रंगशाखामा मैत्रीपूर्ण फूटबल

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ बैशाख । नेकपा एमाले दाङले पार्टी स्थापना भएको ७५ औं वर्षको अबसरमा शनिबार तुलसीपुरको बेलझुण्डि रंगशालामा मैत्रीपूर्ण फुटबलको आयाजना गरेको छ । पार्टी स्थापना भएको अबसरमा आयोजित मेत्रीपूर्ण प्रतियोगितामा नेकपा एमाले दाङ, नेपाल पत्रकार महासंघ दाङ, कर्मचारी संगठन र शिक्षक संगठनको खेलाडी टोलीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको थियो ।

रातो, प्यालो, हरियो, कालो जर्सी लगाएर मैदानमा उत्रिएका खेलाडीहरु बेलझुण्डिको रंगशालामा दिनभर खेल खेलेका थिए । प्रतियोगिता अन्तगर्त नेपाल पत्रकार महासंघ दाङ शाखाको टोलीले नेकपा एमाले दाङको टोलीलाई १ का बिरद्ध ९ गोलले पराजीत गरेको थियो । प्रतियोगितामा पत्रकारको टीम क्याप्टेन सविन प्रियासनले सर्वाधिाक ३ गोल गर्नु भएको थियो । एमाले दाङका सचिव मनोहर बुढाथोकीले १ गोल गर्नु भएको थियो । यसैगरी कर्मचारी संगठनले शिक्षक संगठनलाई ३ का बिरुद्ध ६ गोलले पराजीत गरेको छ । मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएकाले एमाले दाङले प्रतियोगितामा सहभागि सबैका लागि ४० किलोको खसीको व्यवस्था गरेको थियो । यसैगरी खेलाडीको समूहका लागि जर्सी, पानी, जुसको पनि आयोजकको तर्फबाट व्यवस्था गरिएको थियो । प्रतियोगिताको समापन पछि सहभागि सबैको लागि सामूहकरुपमा वनभोज कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतियोगिता सुरु हुनु अगाडी अयोजित औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरुले कम्युनिष्ट पार्टी स्थापना देश र जनताको लागि भएको बताएका थिए । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेताको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका नेता छबिलाल वलीले नेकपा एमालेले यतिबेला कम्युनिष्टको नेतृत्व गरिरहेको बताउँदै नेपालमा अहिले पनि कम्युनिष्ट जनमत बढि भएकाले यसलाई एमालेले गोलबद्ध गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण एमाले दाङका सचिव मनोहर बुढाथोकीले गर्नु भएको थियो ।

२००६ साल वैशाख ९ गते नेकपाको स्थापना भएको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID