गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न 

आलोक भावुक

गढवा, ८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ ।

गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा सम्पन्न भएको छ।

‘आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार’ भन्ने मुलनाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत एक महिने होजियारी बुनाई सम्बन्धी सीप तालिम को समापन सञ्चालन गरी स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको उद्यम विकास सहजकर्ता मिना चौधरीले जानकारी दिनुभयो।

तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमकाका प्रमुख अतिथी एवम् गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाले गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत विभिन्न कार्यक्रमहरु अघि बढाईएको बताउनुभयो। होजियारी बुनाई तालिमले महिलाहरु सिपयुक्त हुन सके गाउँघरमै बसेर सानो लगानीबाटै उद्यम व्यवसाय गरेर आर्थिकोपार्जन गर्न सक्न सक्षम हुने चौधरीले बताउनु भयो । एक महिने तालिमबाट सिकेको सिप परम्परागत र आधुनिक सामग्री उत्पादन गर्न गाउँघरमै बसेर महिलाहरु सक्षम हुन सक्ने बताउनुभयो। उपाध्यक्ष चौधरीले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो।

गढवा गाउँपालिका ३ नं. वडा अध्यक्ष तुलसीराम अधिकारीले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्दै आर्थिक उन्नतिमा लाग्न सुझाव दिदै कामना समेत ब्यक्त गर्नुभयो साथै होजियारी सम्बन्धी सीप विकास तालिमबाट हुने फाइदाहरूको बारेमा प्रस्ट पार्दै ३० दिन सम्मको होजियारी सम्बन्धी सीप विकास तालिममा सहभागीहरूले मफलर, स्कुल ड्रेसको स्विटर, हाइनेक स्विटर, टोपी लगायतका अन्य उनबाट बन्ने लुगा बनाउन सिकेको भन्दै आगामी दिनहरुमा थप कार्यक्रम ल्याउने बताउनुभयो। महिलालाई विभिन्न सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्घेश्यले एकमहिने होजियारी बुनाई तालिमको आयोजना गरेको वडाध्यक्ष अधिकारीले बताउनु भयो

गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको वडा कार्यालयको भवनमा आयोजित तालिममा वडाभरीका गरी ३० जना महिला उद्यमीको सहभागिता रहेको थियो। सहभागी सबैलाई होजियारी बुनाई सम्बन्धी आवश्यक सामग्री बनाउन लमही नगरपालिका वडा नम्बर – ६ की सिता चौधरी प्रशिक्षकको रुपमा रहनु भएको थियो।

तालिम समापन कार्यक्रम गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडा सदस्यहरु प्रमिला नेपाली, ओम प्रकाश चौधरी,आशाराम चौधरी, चन्द्रा केसी, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, गढवा गाउँपालिका कृषि शाखाकी फुलनदेवी चौधरी, रात्री आवशिय बिध्यालय गोबरडियाका शिक्षक अनिल यादव, तालिममा सहभागीको तर्फबाट कल्पना चौधरी, सोनी चौधरी, लगायतकाले बोल्नु भएको थियो।

समापन कार्यक्रममा तालिममा सहभागीहरु लाई टोलको हिसावले एक एक थान होजियारी बुनाई हाते मेसिन हस्तान्तरण गरिएको छ । माधोपुर, गोबरडिहा, खैरापुर, सुपैला, खैरेनी, धैरेई, कोठरी महादेवाका समूहलाई मेसिन हस्तान्तरण गरिएको हो ।

 कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसी राम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजिकरण लघु उद्यम विकास सहजकर्ता मिना चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID