दाङ, २७ चैत। लुम्बिनी प्रदेशका निवर्तमान भाैतिक मन्त्री ईन्द्रजीत थारु र नेपालका लागि चिनियाँ महामहिम राजदूत छेन साेङ बिच भेटघाट भएकाे छ ।
मन्त्री थारुले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूतलाई साेङलाई बधाई दिदैँ सफल कार्यकालकाे शुभकामना सहित मङ्गलबार लुम्बिनी प्रदेशमा स्वागत गरेका थिए ।
भेटमा प्रदेश राजधानी निर्माणमा चिनियाँ सरकारकाे सहयाेगकाे अपेक्षा सहित सहयोग थप बलियो बनाउदैँ चिनियाँ सरकार र लुम्बिनी प्रदेश बिच द्विपक्षीय सुमधुर सम्बन्ध र संसदीय गतिविधि आदान प्रदान लगायतका बिषयमा छलफल भएकाे बताए ।
मन्त्री थारुले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिदैँ आफ्नो तर्फबाट
लुम्बिनी प्रदेशकाे समग्र बिकास र प्रदेश राजधानीलाई नयाँ माेडलकाे सिटि बनाउने याेजना रहेकाे बिषय जनाउदैँ सहयाेग गर्न समेत प्रस्ताव गर्दै मन्त्री थारुले लुम्बिनी प्रदेश राजधानी भ्रमणको लागी निमन्त्रणा समेत गरेका छन ।
त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर छवी राज पाख्रेलले भाैतिक बिकासमा प्रदेशकाे अबस्था बारे ब्रीफिङ समेत गरेका थिए ।
चिनियाँ राजदूत सोङले मन्त्री थारुकाे प्रस्ताव र प्राधिकरण प्रमुखकाे ब्रीफिङ लाई संबाेधन गर्दै
लुम्बिनी प्रदेश बिकासका लागी चिनियाँ सरकार सधै सहकार्य गरी अगाडि बढ्ने बिश्वास व्यक्त गरे।
उनिहरुले लुम्बिनी प्रदेश स्थित कपिलवस्तुकाे राजापनि रिसोर्टमा करिब २ घण्टकाे छलफल पश्चात संयुक्त रुपमा लंच समेत गरेका थिए ।