विश्व वित्तीय सप्ताहको अवसरमा अभियान लघुवित्तको अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

गणतन्त्रनेपाल समाचारदाता

त्र १२, कञ्चनपुर । अभियान लघुवित्त वित्तीय संस्थाको आई बि आर डी शाखाले विश्व वित्तीय सप्ताह (Global Money Weeks-2023) को अवसर पारेर कञ्चनुरको पुनर्वास न.पा. २, अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

ऐश्र्वय आधारभुत विद्यालय, अम्रैया,कञ्चनपुमा सञ्चालन गरिएको कार्यक्रममा पुनर्वास वडा नं. २ कि वडा सदस्यहरु मनकामना शाही र पार्वती लुहारको बिशेष उपस्थिती, शाखाका कर्मचारीहरु हिमा चौधरी र राजमती जोशी साथै ११७ जना सदस्य तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

अभियान लघुवित्त आई बि आर डी शाखा की शाखा प्रबन्धक यशोदा सिंह थापाले कार्यक्रममा वित्तीय साक्षरताको महत्व, फाईदा, बचत, भविष्यको आर्थिक भैँपरीबाट बच्न सकिने विषय, पारिवारिक बजेट, फजुल खर्च नियन्त्रण र लघु उद्यममा विषयमा प्रशिक्षण दिनुभएको थियो ।

आजको बचतबाट नै आफ्नो सपना भोलिका दिनमा पूरा गर्न सकिने भन्दै आजैबाट बचत गर्न समेत प्रेरित गरिएको थियो ।

कार्यक्रममा सहभागी वडा सदस्यहरुले लघुवित्तका सदस्यहरु लाई आफ्नो आम्दानी बृद्धि गर्नको लागि ब्यवसायीक कार्य गर्नु पर्ने जोड दिनु हुदै, लघुवित्त संस्था बाट चलाएको कर्जाको नियमित ब्याज तथा किस्ता बुझाउन अनुरोध गर्नुभयो । अहिले समाजमा कर्जा तिर्नु प्रर्दैन भन्ने भन्ने भ्रम फैलाउने कार्य भएको छन कोहि पनी यस्ता भ्रमको पछि नलाग्न सचेत गर्नुभयो ।

कार्यक्रममा सहभागी सदस्यहरुले जानी नजानी अनावश्यक शिर्षकमा फजुल खर्च गरेको र अब उप्रान्त खर्च गर्दा सोच विचार गरेर मात्र खर्च गर्ने र लघुवित्तको कर्जा ब्यवसाय गर्नको लागि प्रयोग गर्ने भन्दै वित्तीय साक्षरता कार्यक्रम संस्थाले आयोजना गरेको धन्यवाद दिएका थिए ।

मा प्रकाशित