एक सहकारी एक उत्पादन कार्यक्रमको अवधारणा लागु गर्न आवश्यक :गढवा गापा अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, ९ चैत। एक सहकारी एक उत्पादन मुलक कार्यक्रमको अवधारणा लागु गर्न आवश्यक रहेको दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ ।

गढवा गाउँपालिका सहकारी शाखाले आयोजना गरेको पालिका स्तरीय कृषि तथा पशुपंक्षी सहकारी संस्थाहरु संगको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो।

गढवा गाउँपालिकामा क्रियाशील सहकारीहरुले एक सहकारी एक ओटा उत्पादन मुलक कार्यक्रम नबनाए सम्म सोचे जस्तो परिणाम आउन नसकिने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

गढवा गाउँपालिकाले अहिले सम्म लगभग २सय ५० क्युनटल भन्दा बढी ब्युबिजन खरिद गरि कृषकहरु लाई वितरण गरिएरहेको बताउदै गढवामा रहेका सहकारीहरुले ब्यु उत्पादनका लागि ठोक कार्य योजना बनाउन सुझाव दिने भयो। उत्पादन मुलक कार्यक्रम बनाए पालिकाबाट आवश्यक सहयोग गर्न आफु तयार रहेको बताउदै बजारीकरणको ब्यवस्थापन समेत पालिकाले गर्ने बताउनु भयो । सहकारीहरुको उत्पादन मुलक कार्यक्रम गर्न चाहे आर्थिक र प्राविधिक सहयोग समेत गर्ने बताउनु भयो।

अन्तक्रिया कार्यक्रम गढवा गाउँपालिकाका सहकारी शाखा प्रमुख अशोक कुमार यादव, कृषि शाखा प्रमुख कर्ताराम यादव पशु शाखा प्रमुख अन्नतराज रेग्मीअओ उपस्थिति रहेको थियो।

अन्तक्रिया कार्यक्रम गढवा गाउँपालिकामा क्रियाशील कृषि तथा पशुपंक्षी सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

मा प्रकाशित