यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

गणतन्त्रनेपाल समाचारदाता

ड्राइ फ्रुट्स’ स्वास्थ्यका लागि लाभदायक हुन्छन् । त्यसैले सकेसम्म ‘डाइट’मा ‘नट्स’ अर्थात ड्राइ फ्रुट्स नछुटाउन डाक्टरहरू सुझाउँछन् । ड्राइ फ्रुट्समा भिटामिन र मिनरल्स धेरै मात्रामा पाइन्छ ।

काजु, किसमिस, बदाम, ओखर आदि ड्राइ फ्रुट्स हुन् । खाली पेटमा नियमित काजु खान सकिन्छ (तर कस्ता व्यक्तिले सावधान हुनुपर्छ, तल पढ्नुहाेला) । स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय पाेर्टल मेडिकलन्युज टुडेका अनुसार, काजु पाेषक तत्वले भरपूर हुन्छ ।

यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन बी6, सोडियम, पोटासियम, म्याग्निसियम, फाइबर, फ्याट, म्याग्नेस, आइरन, जिंकजस्ता पोषक तत्व पाइन्छ । मानसिक स्वास्थ्यदेखि मुटुसहित विभिन्न अङ्गका लागि काजुकाे सेवन लाभदायक हुने रिपाेर्टहरूमा उल्लेख छ । खासगरी खाली पेटमा काजु खाँदा तपाईंको शरीरले यसको पोषक तत्वलाई सजिलै अवशोषित (एब्जर्भ्ड) गर्न सक्छ । काजु खानुका केही फाइदा बुँदागत हेराैँ ः

कब्जियतको समस्यामा राहत

खानपानको असन्तुलनले अचेल धेरै मानिस पेटसम्बन्धी समस्या झेलिरहेका छन् । अक्सर मान्छे कब्जियतले हैरान हुन्छन् । यस्तो समस्याबाट आजित मानिसले काजु खाँदा राहत मिल्न सक्छ । काजुमा पर्याप्त मात्रामा फाइबर हुन्छ । त्यसैले यो खाँदा पाचन प्रणाली त तन्दुरुस्त रहन्छ नै, व्यक्तिले पेटका कतिपय समस्याबाट छुट्कारासमेत पाउन सक्छ । खासगरी कब्जियतबाट राहत पाउने हो भने काजुलाई खाली पेटमा सेवन गर्नु अति उत्तम विकल्प साबित हुन सक्छ ।

तौल कम गर्न

हामीले माथि नै भनिसक्यौँ, काजु खानुका अनेक फाइदा छन् । तौल कम गर्न काजु खानु तपाईंका लागि निकै फाइदाजनक हुन सक्छ । बिहान खाली पेटमा काजु खानुभयो भने तपाईंलाई दिनभर भोक लाग्दैन । भोक नलागेपछि एक थाल भात वा यस्तै अरु त खाइँदैन । यसो हुँदा तपाईं अनावश्यक खाना खानबाट जोगिनुभयो । सँगै अनावश्यक तौल बढ्ने जोखिमबाट पनि मुक्त हुनुभयो । तौल बढी छ भने घटाउन सक्ने हुनुभयो ।

 

स्मरणशक्ति बढ्छ

स्मरणशक्ति चुस्त पार्नका लागि काजुले तपाईंलाई खुब सघाउन सक्छ । जस्तो कि हामीले माथि भनिसक्यौँ, काजुभित्र म्याग्निसियम पाइन्छ । म्याग्निसियम खानु मानसिक स्वास्थ्यका लाग लाभदायक मानिन्छ । त्यसैले स्मरणशक्ति तेज बनाउन काजु काम आउन सक्छ ।

हड्डी बलियो बनाउन

काजु त कोमल हुन्छ तर यसले हामीभित्रको हड्डीलाई बलियो बनाउन मद्दत गर्छ । यसमा पाइने म्याग्निसियम हड्डीलाई बलियो बनाउन पनि उपयोगी हुन्छ । काजुभित्र सोडियम र क्याल्सियम पनि पाइन्छ, जसले हड्डीलाई कमजोर हुनबाट जोगाउँछ । त्यसैले हड्डी बलियो पार्न पनि काजु सेवन लाभदायक हुन सक्छ । हड्डी बलियो भएपछि यससँग सम्बन्धित समस्या पनि टाढै रहने भए ।

तर ध्यान दिनुस् है

कुनै पनि चिज धेरै लिनुले स्वास्थ्यलाई हानि गर्न सक्छ । काजुको हकमा पनि यो लागू हुन्छ । धेरै मात्रामा काजु खाने गरियो भने स्वास्थ्यमा यसको नकारात्मक असर पनि पर्न सक्छ । काजुमा सोडियम पाइन्छ । काजुको अत्यधिक सेवनले शरीरमा सोडियमको स्तर बढ्न सक्छ । यसो हुँदा हाई ब्लड प्रेसरको समस्या आइपर्न सक्छ ।

काजुमा फाइबर हुन्छ । शरीरमा फाइबरको मात्रा बढ्यो भने पेटसँग सम्बन्धित समस्या जस्तो कि, पेट फुल्ने, ग्यास भरिने दिक्दारी झेल्नुपर्ने हुन सक्छ । काजुमा पोटासियम हुन्छ । शरीरमा पोटासियमको स्तर बढ्नु भनेको शरीरलाई मिर्गौलासम्बन्धी समस्यातिर लैजानु हो ।

कति खाने त ?

एक व्यक्तिले दिनमा ४ देखि ५ वटा काजु खान सक्छ । यससँग सम्बन्धित एक अनुसन्धान रिपोर्ट पनि आएको छ, जसबाट के थाहा हुन्छ भने दिनमा ५० देखि १०० ग्राम काजु खाली पेटमा खाने वा खेल गतिविधि गर्ने मानिसहरूको तौल कम (सन्तुलित) हुन्छ ।

माथि बताइएका बुँदाहरूबाट थाहा हुन्छ- काजु खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर फाइदा हुन्छ भन्दैमा धेरै खानुचाहिँ घातक हुन सक्छ । त्यसैले कति खाँदा के फाइदा हुन्छ भन्ने कुरा पहिला जान्नु आवश्यक हुन्छ । त्यसपछि मात्रै आफ्नो डाइटमा काजुलाई जोड्नुपर्छ । तपाईं कुनै विशेष डाइट फलो गरिरहनुभएको छ वा कुनै गम्भीर बिमारसँग जुधिरहनुभएको छ भने नियमित काजु लिने निर्णय आफैँ नगर्नुहोस् । एकपल्ट आफ्नो डाक्टर वा विशेषज्ञको सल्लाह लिनुहोस् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID