घोराही, ३ चैत । दाङको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्ववियु निर्वाचन यही चैत ८ गते हुने भएको छ । क्याम्पस प्रशासनले आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि गत फागुन ३० गते अनाधिकृत रुपमा रुपमा परिचयपत्र बनाउदै गरेको भेटिएपछि अखिल (क्रान्तिकारी) विप्लवले क्याम्पसको प्रशासनमा ताला लगाएको थियो ।
अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच आज शुक्रबार भएको छलफलले ६ बुँदे सहमति गर्दै चैत ५ गते हुने स्ववियु निर्वाचनलाई यही चैत ८ गतेका लागि सारेको हो ।
अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष खुमबहादुर केसी(खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलबीर चौधरी र क्याम्पस प्रमुख भरत राज न्यौपानेबीच
भएको छलफल अनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै स्ववियु निर्वाचन सारिएको बताइएको छ ।
अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसीले गत मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर बितरण गरेको र तत्काल उक्त कार्यको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए ।
यस्तो छ, संगठन र क्याम्पसबीच भएको ६ बुँदे सहमति पत्र: