मान्छेकाे आत्मकथा त धेरै फिल्महरुमा भनिएकाे छ, आज एउटा कुकुरकाे आत्मकथा भनिएकाे फिल्मकाे चर्चा गर्दैछु, फिल्म हाे सन् 2017 काे अमेरिकन फिल्म, ‘A Dog’s Porpose’.
याे फिल्म एउटा कुकुरकाे उसकाे मालिक (भन्दा पनि बढी साथीकाे रुपमा रहेकाे व्यक्ति) प्रतिकाे माया, लगाव, घनिष्टता, आफ्नाेपन वा आत्मीयता, मित्रता र समर्पणकाे कथा हाे। कुकुर र मानिसकाे विशेष सम्बन्धकाे चित्रण गर्ने याे फिल्मले विशेषत: कुकुरका माध्यमबाट जनावरभित्र रहेकाे empathy लाई दर्शाउँछ साथै कुकुरकाे महत्वलाई पनि बुझाउँछ। ‘कुकुर कति गुणी प्राणी हाे’ भन्ने कुराकाे बाेध गराउँछ। यसलाई कुकुरकाे भावनात्मक यात्राकाे कथा पनि भन्न सकिन्छ।
एउटा कुकुरले उसकाे मालिक (काे रुपमा कम, साथीकाे रुपमा बढी रहेकाे) व्यक्तिलाई भेट्न उसले गरेकाे लामाे भावनात्मक यात्राकाे कथा हाे, ‘A Dogs Porpose’. मानिस र जनावर बीचकाे सम्बन्ध यति सुन्दर पनि हुन सक्छ भन्ने कुरा यस फिल्मलाई हेरेर थाहा हुन्छ।
‘A Dogs Porpose’ बेली नामक एक यस्ताे कुकुरकाे कथा हाे जाे मरेर आफ्नाे मालिक इथनबाट छुट्टिन्छ अनि फेरि कुकुरकाे रुपमा पुनर्जन्म लिन्छ र त्याे नयाँ जन्ममा पनि बेलीले आफ्नाे मालिक इथनलाई बिर्सन्दैन। ऊ इथनलाई खाेजिरहन्छ। इथनसँग भेट्ने आशा गरिरहन्छ। यसरी उसले पटकपटक पुर्नजन्म लिन्छ र हरेकपटक आफ्नाे उहीँ मालिक इथनलाई खाेजिरहन्छ।
के बेलीकाे इच्छा पूरा हुन्छ त? के बेली आफ्नाे मालिक इथनलाई भेट्न सफल हुन्छ त? इथनलाई भेटे पनि के इथनले उसलाई चिन्छन् त? के इथनले ‘ऊ उनकाे बाेस डग बेली हाे’ भनेर चिन्छन् त? कसरी चिन्छन् त? अनि बेली जाे एक ‘बेजुबान’ जनावर हाे, उसले इथनलाई ऊ नै उनकाे बाेस डग बेली हाे भनेर कसरी विश्वास दिलाउँछ त? याे सब थाहा पाउन चाहिँ याे फिल्म ‘A Dog’s Porpose’ नै हेर्नुपर्छ।
यस फिल्मकाे कथा सन् 1950 बाट सुरु हुन्छ। जहाँ पर्दामा धेरै कुकुरका छाउराहरु देखिन्छन्, अनि, एउटा छाउराकाे मानवीय आवाज सुनिन्छ। ऊ भन्छ, ‘म केही पनि देख्न सक्दिन। मेराे आँखा अहिलेसम्म उघ्रेकै छैन। मलाई थाहा छैन जीवन के हाे र जीवनकाे उद्देश्य के हाे?’
ऊ एक German Shepherd Puppy हुन्छ। र आफ्नाे भाइहरुसँग खुब उछलकुद गरिरहेकाे हुन्छ। उनीहरु सबै गल्लीका छाडा कुकुरहरु हुन्छन्। केही दिनपछि, त्यहाँ नगरपालिकाबाट जनावर नियन्त्रण गर्ने कर्मचारीहरु आउँछन् र ती सबै कुकुरहरुलाई पक्रेर लैजान्छन्। उनीहरु ती कुकुरहरुलाई के गर्छन्, थाहा छैन।
तर त्याे कुकुरले फेरि जन्म लिन्छ। याे उसकाे दाेस्राे जन्म हुन्छ। यसपटक पनि ऊ कुकुर भएर जन्मेकाे हुन्छ। अनि, उसकाे त्यही मानवीय आवाज सुनिन्छ। ऊ भन्छ, ‘मलाई थाहा छैन मैले के गल्ती गरे तर मेराे जीवन बहुतै छाेटाे थियाे।’
याे सन् 1961 काे समय हुन्छ। याे जन्ममा ऊ एक Golden Retriever Dog हुन्छ। अनि, उसलाई एक कुकुर फार्ममा राखिएकाे हुन्छ जहाँ केही मानिसहरु कुकुर एडप्ट गर्न आएका हुन्छन्। जब उनीहरुलाई त्यहाँ भएका गाेल्डेन रिट्रिवर डगहरु देखाइन्दै गरेकाे हुन्छ तब, उसकाे क्यानलकाे ढाेका खाेलिन पुग्छ र ऊ त्यहाँबाट निस्केर भाग्छ। केही टाढा गएपछि उसले सडकमा कागजकाे पाेकाे देख्छ। पाेकाे टाेक्ने क्रममा ऊ एउटा बाकसभित्र फस्छ। तब, दुइजना मान्छेहरु आउँछन् र उसलाई आफ्नाे गाडीमा हुलेर लिएर जान्छन्। तिनीहरु उसलाई बेचेर पैसा कमाउन चाहन्छन्।
तिनीहरु एक ठाउँमा गाडी राेकेर कतै जान्छन्। तर त्याे गाेल्डेन रिट्रिवर कुकुरलाई कारभित्र थुनिराख्छन्। कुकुरलाई खूब प्यास लागिरहेकाे हुन्छ। तब त्यहाँ इथन नामक सानाे केटाे आफ्नी आमासँग गाडीकाे नजिक आइपुग्छन् र गाडीभित्र थुनिएकाे कुकुरलाई देख्छन्। उनकी आमाले गाडीकाे झ्यालकाे काँच ताेडेर कुकुरलाई बाहिर निकाल्छिन्। अनि, उनीहरु त्याे कुकुरलाई आफुसँगै घर लिएर जान्छन्।
कुकुर जब हाेशमा आउँछ, तब उसले आफ्नाे आँखा अगाडि एउटा सानाे केटालाई देख्छ जाे उसलाई खूब माया गरिरहेकाे हुन्छ। कुकुरले मनमनै विचार गर्छ, ‘अब म याे केटा सँगै बस्छु।’ इथन पनि उसलाई आफुसँग राख्न चाहन्छन्। उनी उनकाे बाबुसँग यसकाे लागि अनुमति पनि लिन्छन्। उनकाे बाबु उनलाई कुकुरलाई घरमा राख्ने अनुमति दिन्छन्।
यसरी, उनीहरुकाे मित्रता सुरु हुन्छ। उनीहरुकाे सम्बन्ध प्रारम्भ हुन्छ। एउटा यस्ताे सम्बन्ध जसले उनीहरु दुवैजनाकाे जीवनमा महत्त्वपूर्ण अध्याय थप्छ।
इथनले उसकाे नाम बेली राखिदिन्छ। छिट्टै नै उसले बुझ्छ कि ‘उसकाे नाम बेली हाे र उसलाई एडप्ट गर्ने केटाकाे नाम इथन हाे’ भनेर। उनीहरु एकअर्कासँग खूब खेल्छन्, सँगै समय बिताउँछन्। सँगै बस्छन्, सँगै सुत्छन्। यसरी उनीहरु एकअर्काकाे आत्मीय मित्र बन्छन् र एकअर्काको साथमा अनेक यस्ता रमाइला र आनन्दमय क्षणहरु बिताउँछन् जुन उनीहरुकाे लागि अविस्मरणीय बनिदिन्छ।
यस्तैमा एकदिन बेलीकाे निधन हुन्छ अनि उसले अर्काे जन्म लिन्छ। तर अर्काे जन्ममा पनि उसले आफ्नाे मालिक एवं मित्र इथनलाई बिर्सन सक्दैन। ऊ इथनलाई सम्झिरहन्छ। उसका आँखाहरु इथनलाई नै खाेजिरहन्छन्। उसकाे याे जुनी पनि समाप्त हुन्छ। ऊ मर्छ अनि फेरि कुकुर भएर अर्काे जन्म लिन्छ र इथनलाई खाेजिरहन्छ। यसरी बेलीले पटकपटक जन्म लिन्छ र हरेक जन्ममा आफ्नाे मालिक एवं मित्र इथनलाई खाेजिरहन्छ।
यस फिल्मले कुकुरकाे माध्यमबाट मायाकाे कथा भन्छ, मित्रताकाे कथा भन्छ, आत्माबाट बनेकाे आत्मीय र घनिष्ट सम्बन्धकाे कथा भन्छ। जनावर र मानिसबीच पनि कति आत्मीय सम्बन्ध हुन सक्छ भन्ने कुरालाई देखाउँछ। माया नै यस्ताे जादूमय डाेरी हाे जसले मानिस र जनावरलाई पनि आपसमा बाँधेर राख्न सक्छ। माया साँच्चै नै याे सृष्टिकाे अद्भूत सृजना हाे।
यस फिल्ममा कुकुरकाे कथाका मुख्यतः चारवटा खण्ड छन्। प्रत्येक खण्डले कुकुरकाे कुनै न कुनै बिशेषताबारे हामीलाई बताउँछ। मलाई लाग्छ, पहिलाे खण्डले कुकुरकाे आफ्नाे मालिकप्रतिकाे साँचाे माया, आत्मीयता र घनिष्टता वा साँचाे मित्रतालाई अभिरेखन गर्छ भने दाेस्राे खण्डले कुकुरकाे कर्तव्यपरायणता र वफादारीलाई।
तेस्राे खण्डले उसकाे आफुजस्तै प्राणीप्रतिकाे आकर्षण र प्रेमलाई चित्रण गर्छ भने चाैथाे खण्ड चाँहि उसकाे आफ्नाे मालिकसँगकाे पूर्नमिलनकाे खण्ड हाे जुन खण्ड अन्य सबै खण्डभन्दा मार्मिक र इमाेशनल छ। विशेष गरेर बेलीले इथनलाई ‘आफु उनकाे बाेस डग बेली हुँ’ भन्ने कुराकाे बाेध गराउन जे जस्ताे प्रयासहरु गर्छ, त्यसले दर्शकहरुकाे मनलाई आगाेले नाैनीलाई पगाले जसरी पगालिदिन्छ अनि उनीहरुकाे आँखामा टिलपिल टिलपिल आँसु निकालिदिन्छ। मलाई लाग्छ, याे प्रसँग हेरेर भावुक नहुने वा आँखा नरसाउने मानिसहरु कमै हाेलान्।
यस फिल्ममा मैले कुकुरकाे अनुहारमा पनि भावहरु प्रकट भएकाे देखे। ऊभित्र उर्लिरहेकाे सँवेगलाई महसुस गरे। ऊ खुशी हुँदा, ऊ दु:खी हुँदा, ऊ उत्साहित हुँदा, ऊ निराश हुँदा, ऊ भावुक हुँदा अनि ऊ स्तब्ध हुँदा…मानिसले जस्तै कुकुरले पनि विभिन्न भावहरुकाे अनुभूति गर्दाे रहेछ अनि ती भावहरु उनकाे अनुहारमा प्रकट हुँदा रहेछन्।
कुकुरले पनि विभिन्न मुडहरुलाई बाँच्दाे रहेछ। ती मुडहरुलाई प्रकट गर्दाे रहेछ। मानिसभित्रकाे माया, आत्मीयता, सकरात्मक भावना, दुर्भावना आदिलाई सुँघेर पहिल्यै महसुस गर्दाे रहेछ अनि सबैभन्दा ठूलाे कुरा कुकुरले पनि माया गर्दाे रहेछ, कुकुर पनि माया चाहन्दाे रहेछ। आफुले माया गर्ने र आफुलाई माया गर्ने मानिससँगै बस्न चाहँदाे रहेछ, उनीसँगै बस्न पाउँदा खुशी हुदाे रहेछ।
कुकुर याे सँसारकाे सबैभन्दा गुणी प्राणी हाे। यदि तपाईंले उसलाई गुन गर्नुभयाे ऊ सधैभरि तपाईप्रति वफादार हुनेछ। यदि तपाईंले उसलाई साथी बनाउनुभयाे भने ऊ पनि तपाईंप्रति समर्पित हुनेछ। यदि तपाईंले उसलाई माया गर्नुभयाे र आफ्नाे परिवारमा स्थान दिनुभयाे भने उसले तपाईलाई कहिल्यै बिर्सिने छैन र जन्माैजन्मसम्म पनि तपाईंलाई सम्झिरहनेछ। हरेक जन्ममा तपाईंको साथ खाेजिरहनेछ। यस्ताे हुन्छ कुकुरकाे चरित्र। अनि जब एकचाेटि उसलाई ‘याे मान्छे मेराे आफ्नाे हाे’ भन्ने लाग्छ, त्यसपछि ऊ त्याे मान्छेलाई छाेड्न मान्दैन। सधैभरि उनैकाे साथमा रहिरहन चाहन्छ।
मलाई लाग्छ, कुकुर पनि माया, स्नेह र आफ्नाेपनकाे भाेकाे हुन्छ। ऊ पनि मानिसकाे परिवारकाे हिस्सा बन्न चाहन्छ, परिवारसँग बस्न चाहन्छ। परिवारमा बसेर परिवारसँगै खेल्न र रमाउन चाहन्छ। परिवारसँगै समय बिताउन चाहन्छ। अनि, ऊ पनि आफुलाई माया गर्ने मान्छेकाे खुशीकाे ख्याल राख्छ र आफ्नाे तर्फबाट पनि उनलाई खुशी दिने भरपूर प्रयत्न गर्छ। कुकुरकाे मन सम्भवतः सबभन्दा बढी नरम र इम्प्याथिक हुन्छ। जनावरहरुमा कुकुर नै यस्ताे प्राणी हाे जाे मानिसकाे सबभन्दा नजिक हुन्छ।
कुकुर पनि मानिसबाट माया खाेज्छ, ऊ मानिसबाट आत्मीयता चाहन्छ। यदि एकपटक उसलाई आफ्नाे बनायाैं भने ऊ अनन्तकालसम्म वफादार रहन्छ। अविरल माया गरिरहन्छ, अपरीमित माया गरिरहन्छ अनि अनन्तकालसम्म माया गरिरहन्छ। कुकुर भनेकाे यस्ताे मायालु प्राणी हाे। यस्ताे इमानदार, वफादार र समर्पित प्राणी हाे।
फिल्ममा बेलीकाे माध्यमबाट कुकुरकाे इच्छा (Dog’s porpose) लाई बताइएकाे छ जुन यसप्रकार छ, ‘खूब रमाइलाे गर। जहाँसम्म सम्भव हुन्छ, बचाउनका लागि कसैलाई खाेज र बचाऊ। आफुले माया गर्ने मानिसलाई चाट। जे भयाे त्यसलाई लिएर उदास अनुहार नबनाऊ। जे हुन सक्थ्याे, त्यसलाई लिएर पनि अनुहार नखुम्च्याऊ। वर्तमानमा बाँच। अहिलेकाे जुन क्षण छ, त्यसलाई जिउने गर।’ यही नै कुकुरकाे इच्छा वा उद्देश्य (Dog’s porpose) हाे।
यस फिल्मकाे caption छ, ‘Every dog happens for a reason.’ अर्थात्, हरेक कुकुर एउटा कारण लिएर आउँछ। हरेक कुकुर एउटा कारणले भेटिन्छ। यसले इथनले बेलीलाई अकारण भेटेकाे हाेइन रहेछ भन्ने कुरालाई जनाउँछ। इथनकाे जीवनमा बेली आएपछि इथनकाे व्यक्तित्वले छुट्टै किसिमले आकारित हुन पायाे र इथनभित्र खास किसिमकाे गुणहरुकाे विकास भयाे, एक खास किसिमकाे व्यक्तित्व बन्याे इथनकाे।
मेराे विचारमा बेलीले इथनमा प्रचुर मात्रामा empathy भरिदियाे। उनलाई अधिक प्रेमिल र सहृदयी बन्न सहयोग पुर्यायाे। यदि बेली उनकाे जीवनमा नआइदिएकाे भए इथन त्याे व्यक्ति कहिल्यै पनि हुँदैनथ्याे जुन ऊ भयाे, जुन ऊ अहिले छ। बेलीलाई नभेटेकाे भए ऊ अर्कै व्यक्ति हुन्थ्याे, अर्कै इथन हुन्थ्याे जसमा सम्भवतः यी गुणहरु हुन्थेन।
Every dog happens for a reason. इथनकाे जीवनमा बेलीसँग जम्काभेट भयाे। सायद भाग्यले इथनलाई खास कारण वा उद्देश्यका साथ बेली नामक कुकुर जुराइदिएकाे थियाे, जसले उनकाे जीवनमा नयाँ अध्याय थप्याे, उनलाई नयाँ अनुभव प्रदान गर्याे, उनकाे जीवनमा कहिल्यै नबिर्सिने अध्याय थपिदियाे र सबैभन्दा ठूलाे कुरा, उनलाई उनकाे जीवनकाे सबैभन्दा अमूल्य चीज प्रेम हासिल गर्न मदत गर्याे।
जीवनकाे यात्रा लामाे छ। याे लामाे यात्राकाे कुनै बिन्दुमा, कुनै माेडमा तपाईंकाे पनि जम्काभेट यस्तै कुनै बेलीसँग हुने हाे कि? के थाहा? कतै विधाताले तपाईंकाे भाग्यमा पनि कुनै विशेष कारण र उद्देश्यका साथ कुनै बेलीलाई पाे जुराइदिएकाे छ कि? के थाहा? तपाईंकाे व्यक्तित्वमा empathy भर्न र तपाईंकाे व्यक्तित्वलाई स्पेशल बनाउन कुनै बेली तपाईंकाे जीवनमा आउँदै पाे छ कि? तपाईंको जीवन माया र खुशीले भरिदिन अनि तपाईंकाे जीवनरुपि पुस्तकमा कहिल्यै नबिर्सिने अध्याय थपिदिन कुनै बेलीले तपाईंकाे जीवनमा प्रवेश पाे गर्दैछ कि? के थाहा?
त्यसैले, यदि जीवनकाे कुनै माेडमा कुनै बेली तपाईसँग ठाेक्किन आइपुग्याे भने उसलाई नदुत्कार्नुहाेस्। बरु उसलाई माया र सहारा दिनुहाेस्। अनि, हेर्नुहाेस्, बदलामा उसले तपाईंले गर्नुभएकाे माया र केयरभन्दा भन्दा कैयाै गुना बढी माया र केयर तपाईलाई गर्नेछ। याे सँसारमा माया गर्नु र माया पाउनु नै सबैभन्दा ठूलाे साैभाग्यकाे कुरा हाे। आखिर, याे सँसार मायामा नै त अडेकाे छ।