गढवा, २९ फागुन। नागरिक स्तरसम्म सुचनाको पहुँच बढाउन पत्रकार र प्रहरी बिचको समन्वय आवश्यक रहेको इलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक नविन ओलीले बताउनु भएको छ ।
सोमवार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै हालै सरुवा भएर आउनु भएकी इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी प्रमुख ओलीले सो कुरा बताउनुभएको हो।
आजको युग सुचना, सञ्चार र प्रविधिको युग भएकोले प्रहरी र पत्रकार बिचको बलियो समन्वयले मात्र नागरिक स्तरसम्म सुचनाको पहुँच बढाउन सकिने प्रमुख ओलीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय गढवाका सबै क्षेत्रमा हुने गलत क्रियाकलाप नियन्त्रण गर्नमा पत्रकारहरुको साथ सहयोग आफुले चाहेको बताउदै अपराधमा संलग्नहरुलाई पहिचान गर्न पत्रकारहरुबाट सहज हुने र प्रहरीलाई सुचना दिने र प्रहरी संगठनबाट पनि सूचना लिने तर्फ आफु सधै सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा भैरहेको नदिजन्य पदार्थको चोरी निकासी, अबैध रुपमा हुने गरेको काठ तस्करी, बन्यजन्तुको चोरी शिकारी, गढवा बजार क्षेत्रमा भैरहेको पसल चोरी लगायतका घटनाहरुमा बढी जन गुनासो आएकोले तत्काल बन्द गर्नका लागि कडाइ गर्न पत्रकारहरुको टिमले सुझाव दिनु भएको थियो।
परिचयात्मक कार्यक्रममा युगबोध राष्ट्रिय दैनिकका शिवराज पन्थी, गणतन्त्र नेपाल डट कमका कार्यकारी सम्पादक आलोक भावुक, सिधा पत्र अनलाइनका सञ्चालक मेगमन बुढा,निर्देशक भानु जोसी,दाङ समाचार डट कमका सञ्चालक प्रिया स्मृति गजमेर लगाएतको उपस्थिति रहेको थियो।