
काठमाडौं, २१ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी गरेका छन्।
२०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य नभएको अध्यक्ष ओलीले तर्क गरे।
‘२०५२ साल पछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए। नेपालमा भएको के थियो, के प्राप्तिको लागि मारिए? बहुदलीय व्यवस्था आएकै थियो। के को लागि मारिए त भन्दा अनौठो छ’, उनले भने, ‘आज गणतन्त्रका लागि भनिन्छ। २०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो। ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा। ६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला? जनयुद्धबाट कब्जा त गरेको होइन होला त? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र।’
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




