माओवादी आन्दोलनका नेता एउटै मञ्चमा, जनयुद्ध, शहीद र बेपत्ताकाे याेगदानमा चर्चा गरिने

गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं ।२१ फागुन, २०७९

माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् ।

अन्तर्क्रिया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १२ बजे आयोजना हुँदैछ ।

सो कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरु कार्यक्रममा सहभागी हुने शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले जनाएको छ ।

२०५२ सालदेखि १० वर्षसम्म सशस्त्र संघर्ष गरेका माओवादी नेताहरु शान्तिप्रक्रियामा आएपछि विभिन्न समूहमा विभाजित छन् । उनीहरुलाई फेरि एकीकृत गराउनुपर्ने आवाज कार्यकर्तास्तरबाट उठ्दै आएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID