सीपी नेपालको आयोजनामा गढवामा ४ सय ९ जना बालबालिकाको स्वास्थ्य जाँच

गणतन्त्रनेपाल समाचारदाता

गढवा, २१ फागुन। क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा शनिबार गढवाका ४ सय ९ जना बालबालिकाहरुको स्वास्थ्य जाँच गरिएको छ।

गढवा गाउँपालिका लगायत अन्य तिन गाउँपालिका राप्ती, राजपुर गाउँपालिकाका बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका बिध्यार्थी संयोजक हेमराज शर्माले जानकारी दिनुभयो।

स्वास्थ्य चेकजाँच बिगत पांच बर्ष देखी नियमित हुदै आएको र बाट ति बालबालिकाको स्वास्थ्यको बारेमा बृहत जानकारी, नयाँ रोग, लगायतको बारेमा सजिलै जानकारी पाउन सकिने संयोजक शर्माले बताउनुभयो।

बालबालिका चेकजाँच कार्यक्रम लाई शनिबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले ब्यानर पढेर उद्घाटन गर्नु भएको हो ।

स्वास्थ्य चेकजाँच कार्यक्रमको उद्घाटन गर्दै पालिका अध्यक्ष पोख्रेलले प्रारम्भिक पहिचान पश्चात् संभावित कार्यगत सिमितता भएका बालबालिकाहरुको पठन सिप प्रवर्धन गर्न सहयोग गर्ने, पढाइ उपलब्धि सुधार गर्ने, बालबालिकामा हुन सक्ने विचलनको परिणामलाई न्युनिकरण गर्नुका साथै अपाङ्गता हुन सक्ने सम्भावनाबाट जोगाउन समेत मदत मिल्ने बताउनु भयो ।

स्वास्थ्य चेकजाँच कार्यक्रमलाई समापन गर्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले बालबालिकाको स्वास्थ्य चेकजाँच महत्वपूर्ण विषय भएकोले हरेक बालबालिकालाई निशुल्क स्वास्थ्य चेकजाँच गराउन आफु र पालीका क्रियासिल रहेको बताउनु भयो।

चेकजाँच गर्दै डा. भरत पोख्रेलले यस वर्ष देखिएका मौसमी रुघाखोकी, छालासम्बन्धी र केहि भने उमेर अनुसारका शारिरीक विकास नभएका बिरामीहरु धेरै रहेको जानकारी दिनुभएको थियो ।

५ जना बिषशेज्ञ डाक्टरहरुले बिरामीको जाचँ गर्नु भएको थियो। जस्मा डाक्टर भरत पोख्रेल, डाक्टर रबिना चौधरी, डाक्टर राजन अधिकारी, डाक्टर सन्दीप न्यौपाने, डा. केदार अधिकारी रहनु भएको थियो ।यो पाचौ पटक हो । शिबिरमा जनस्वास्थ्य निरिक्षक सुर्यनारायण यादब, गढवा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरी लगायतको सहभागिता रहेको थियो ।बिरामी बालबालिकालाई निशुल्क औषधी समेत दिईएको थियो ।

गरिब तथा आर्थिक संकटका कारण बिषशेज्ञ स्वास्थ्य सेवाबाट बञ्चित बालबालिकाहरुका लागि यो शिबिर संचालन गरिएको आयोजकले बताएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID