राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना मापदण्ड निर्धारण सम्बन्धि कार्यशाला गाेष्ठी भालुवाङमा सम्पन्न

गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ, १६ फागुन । लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यलय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रालिकाे सहकार्यमा मंगलबार राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना (आवास तथा अन्य संरचना ) मापदण्ड निर्धारण सम्बन्धि कार्यशाला गाेष्ठी भालुवाङमा सम्पन्न भएको छ।

गाेष्ठी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा इन्जिनियर छविराज पाेख्रेलकाे अध्यक्षता सम्पन्न भएको हाे।

गाेष्ठीमा माईलस्टाेन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.का ईन्जिनियर कुमार धमला,पूर्व न्याय परिषद्का सदस्य तथा उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्य पदम वैदिक ,प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले प्रदेश राजधानी जग्गा एकीकरण आयोजना सञ्चालन प्रक्रिया र कानूनी आधारहरुकाे बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

साे गाेष्ठीमा लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरी,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पाेख्रेल,राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी ,जग्गा एकीकरण विकास आयोजनाका अध्यक्ष श्यामेस चाैधरी लगायत लमही,सितगंगा नगरपालिका राप्ती ,गढवा र राजपु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न वडाका वडा अध्यक्षहरुकाे सहभागीता रहेको थियो।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका अधिकृत लक्ष्मण घिमिरेकाे स्वागत मन्तव्य बाट शरु भएको कार्यक्रमकाे सहजीकरण इन्जिनियर शंकर सुवेदीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID