माओवादी केन्द्र गढवा कमिटीको दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु

आलोक भावुक

गढवा, १६ फागुन। माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले दुई महिने बैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान सुरु गरेको छ।

नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर – ६ कमिटिका अध्यक्ष महेश कुमार अधिकारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्याेपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
“सोच, संरचना र शैलिलाई बदल्दै आफुलाई रुपान्तरण गराै,
जन सम्बन्ध सुदृढीकरण गर्दै शक्तिसालि पार्टि निर्माण गराै” भन्ने मुलनाराका साथ अभियान सञ्चालन गरिएको छ।

लुम्बिनी प्रदेश दाङ जिल्ला समन्वय समितिको निर्देशन अनुसार गढवा गाउँपालिकामा दुई महिनेबैचारिक, राजनीतिक तथा संगठनात्मक अभियान लाई तिब्रता दिएको माओवादी केन्द्र गढवा गाउँपालिका ६ नम्बर वडा कमिटिका अध्यक्ष महेश कुमार अधिकारीले जानकारी दिनु भयो । माओवादी केन्द्रले अभियान कै रुपमा पार्टी कमिटिहरुमा राजनीतिक तथा बैचारिक प्रशिक्षण चलाउने छ ।रुपान्तरण, सुदृढीकरण, विस्तार, नेतृत्व तथा कार्यकर्ताको रुपान्तरण, संगठन र जनसम्बधको सुदृढीकरण, पार्टी संगठनको विस्तार लगाएतको काम लाई बिशेष जोड दिने बताइएको छ।
कार्यक्रममा अहिले सम्म भएका काम काजको बारेमा समिक्षा गर्दै आगामि रणनीतिका बारेमा छलफल गरिएको हो। कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष लुमाकान्त न्याेपाने, लुम्बिनी प्रदेश सदस्य यमनारायण शर्मा पोख्रेल, बिरेन्द्र चौधरी र गिता यादव, गाउँपालिका कमिटि सदस्य तुलसी राम चौधरी, नेत राज आचार्य, ओम प्रसाद चौधरी सल्लाहकार जित बहादुर आले, जोख बहादुर पुन, माओवादी केन्द्र गढवा गाउँपालिका ६ नम्बर वडा कमिटि अध्यक्ष महेश अधिकारी, उपाध्यक्ष मनिशा चौधरी कुमाल, सचिव तिलक परियार,गंगाराम यादव लगाएतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण माओवादी केन्द्र ६ नम्बर वडा कमिटि सचिव तिलक परियारले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID