
भालुवाङ, ११ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगाेलागी भएको छ।
चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र ग्यास लिग भएर आगाेलागी भएको विद्यायकी प्राध्यानाध्यपक सविता चाैधरीले जानकारी दिनु भएको छ।
आगलागीबाट चमेना गृहमा रहेका फर्निचर ,भाँडाकुँडा ,ग्यास चुला,कार्पेट लगायतका सामाग्रीहरु जलेर नस्ट भएको प्रधानाध्यापक चाैधरीले जानकारी दिनु भएको छ।
आगाेलागी बाट अन्दाजी करिब बीस हजार बराबरकाे क्षति भएको उहाँले जानकारी दिनु भएको छ।आगाे नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,स्थानीय बासिन्दाहरुकाे सहभागीतामा नियन्त्रण गरिएको थियोे।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




