अभियान लघुवित्तको कर्जाबाट भैसी पालनमा रमाउँदै पिपरीकी जय कुमारी

गणतन्त्रनेपाल समाचारदाता

दाङ,११ फाल्गुन। बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी वस्ने वर्ष ४७ की जय कुमारी सुनार पिपरीकी उत्कृष्ठ कृषकहरु मध्येबाट एक उदाहरणको पात्र हुनुहुन्छ ।

उहाँको परिवारमा आफु श्रीमान एउटा छोरा र बुहारी गरी ४ जना हुनुहुन्छ । १२ कठ्ठा जग्गामा धान, मकै खेती र एउटा भैसिपालन गरेर बस्नुभएको जय कमारी सुनारको आम्दानी सामान्य गुजारा चलाउने अवस्था रहेको थियो ।

धान मकै खेतीले खान मात्र ठिक्क हुने हुदाँ नगद आउने केही कारोवार गर्न पाए भन्ने सोचमा हुनुहुन्थ्यो जय कुमारी । त्यसै बिच २०७७ साल पुस २७ गते अभियान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय हवलदारपुर बाट गठन गरिएको कालिका अभियान महिला समुहमा आवद्घ भई सुरुमा दुई लाख रुपैया संस्था बाट विनाधितो कर्जा लिएर २ वटा भैसी थप गर्नुभयो ।

यसरी ब्यबसाय बृद्घि गरेकी सुनारको हाल २ वटा जर्सी गाई र ३ वटा भैसी ५ वटा बाख्रा पालन गरि ब्यबसायिक रुपमा पशुपालन गर्नुभएको छ।  उन्नत जातका गाई तथा र्भैसी पालन गर्दा गाई, भैसीले धेरै दुध दिने गरेको सुनारले बताउनुभयो ।

हाल सुनारका श्रीमान अम्मर सिंह सुनार , बुहारी पशुपालन ब्यवसायमा रमाउदै आईरहनु भएको छ। सुनार भन्छन्“ गरे के हुदैन नेपालमा नेै सुन फलाउन सकिन्छ जागर, आत्मविश्वास र लगन हुनुपर्छ ।

विदेशमा वोटवाट पैसा टिप्ने होइन ,स्वदेशमा नै परिवारसंग रमाउदै श्रीमान श्रीमती भएर काम गर्दा परिवारसंग सुख दुःख साटासाट गर्दै रमाउदै काम गर्दा छुट्टै आनन्द हुने र विदेशमा परिवार साथमा नहुदाको पिडा, चाड, पर्व, सामाजिक काममा सहभागी हुन नपाउदाको पिडा, अर्काको देशमा दासि बनेर वस्नुभन्दा आफ्नै देशमा पसिना बगाएर सफल उद्यमी वन्नुको मज्जा छुट्टै” भन्दै आफ्ना भावना ब्यक्त गर्नुभयो ।

गाउँमा बस्ने हामी किसानले आफुले गर्दैआएको कृषि तथा पशुपालन ब्यवसाय लाई ब्यवसाहिक बनाउन पुँजि लगाउन पर्ने हुन्छ, उन्नत जातको भैसी, गाई राख्नहोस, आधुनिक खोर निर्माण गरी दाना पानी औसधीको ब्यवस्था मिलाउन पैसा नै चाहिन्छ । छरछिमेकमा कर्जा लिदा ब्याज सार्है महङ्गो पर्ने , पाउन पनि गाह्रो हुने, अझ बैँकमा त हामि किसान लाई पत्ताउदैन, कति किसान त पुँजि जुटाउन नसकेर नै मर्कामा पर्ने बताउनु भयो ।

अभियान लघुवित्त वित्तीय संस्था बाट विना धितो कर्जा पाएर साह्रै खुसि भएको कुरा वताउदै लघुवित्त वित्तीय संस्थाको सेवा सुविधा, कर्मचारीको आचरण, आत्मीयताको भाव, बचत तथा कर्जाको हिसावको पारदर्शिता, रहेको बताउनु भयो ।

जय कुमारी सुनारले हालसम्म अभियान लघुवित्त बाट दुइ पटक कर्जा लिई सक्नुभएको छ । हाल उहाँले १ लाख ५० हजार साधरण कर्जा लिएर करिव तिन कठ्ठा जमिनमा गोठ निर्माण गरि पशुपालन गरिरहनु भएको छ । गाई तथा भैसी गरि ५ वटा दुहुना पशु साथै २ वटा बाक्ष्छी तिन ओटा पाडापाडी , ५ वटा बाख्रा र ३० ओटा लोकल कुखुरा पाल्नु भएको सुनारले, दैैनिक सरदर ६० लिटर दुध विक्री गर्ने र प्रति लिटर सरदर रु ६५ पर्ने हुदा दैनिक ३ हजार ९ सय आम्दानी गर्ने र मासिक रुपमा डेरीबाट १ लाख १७ हजार आम्दानी गर्नुहुन्छ भने दाना ,चोकर, ढुटो, पराल, औषधि उपचार, भिटामिन गरि मासिक ३० हजार जति खर्च हुने गरेको बताउनु भयो ।

१ जना कर्मचारी लाई तलव खर्च१७ हजार , कर्जाको माषिक किस्ता ७ हजार ५ सय अभियान लघुवित्त संस्थालाई बुझाएर मासिक लगभग ६२हजार ५ सय नाफा हुने कुरा सुनारले वताउनुभयो ।

आफ्नै आठ कठ्ठा जमिनमा उन्नत जातका घास खेती गरेको र उक्त घास ,पराल, दाना ,चोकर खुवाउदा गाईले धेरै दुध, लामो समय सम्म दिने र ब्याउने समयमा पनि १ महिना मात्र गाई दुध दुन छोडिदिने कुरा वताउनुभयो । उहाँले करिव ४ कठ्ठा जमिनमा तरकारी खेति पनि गर्नुभएको छ। निज सदस्यले गाईको वाच्छी ,भैसिका पाडा पाडी, खसी बोका कुखुरा, तरकारी बेचेर समेत वर्षमा थप ७० हजार भन्दा वढी आम्दानी हुने वताउनुभयो ।

सुनार भन्नुहुन्छ “आगामी दिनमा ब्यवसायलाई बृद्घि गर्दै ३ वटा गाई र २ वटा भैसी थप गर्ने र थप एक जना लाई रोजगार समेत दिने भावि योजना रहेको बतााउनुभयो  ।

मेरो योजना पुरा गर्न सहयोग गर्ने “अभियान लघुवित्त वित्तीय संस्था, लघुवित्त मात्र नभएर साथि हो साथी” उहाँ खुशी हुदै कर्जा सदुपयोगिता निरिक्षणमा पुगेका शाखा प्रमुख जनक बहादुर ताम्राकार लाई बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID