दाङकाे राप्ती गाउँपालिकामा माओवादी केन्द्रको बैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न 

तुल बहादुर कवँर मगर

सिसहनियाँ, ९ फागुन । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाकाे आयोजनामा मंगलबार वडा नम्बर २ काे लालमटियामा बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएकाे हाे ।

साे प्रशिक्षण कार्यक्रमलाई पार्टी स्थायी कमिटी सदस्य कुलप्रसाद केसी, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य इन्द्रजित थारू, केन्द्रीय अनुशासन आयाेगका सदस्य लुमबहादुर कार्की ,लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण अधिकारी ,राप्ती गाउँपालिका इन्चार्ज चित्र बहादुर थापा मगर लगायतका नेताहरूले कार्यक्रममा सहभागी स्थानीय नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु भएको थियोे ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताकार्यकर्ता तथा जनवर्गीय संगठनका अध्यक्षहरुले आ आफ्नो क्षेत्रका बारेमा रिपोर्टिङ गरेका थिए।

माओवादीले केन्द्रीय परिपत्र अनुरूप जिल्लाका १० ओटै पालिकामा संगठन सुदृढीकरणका लागि प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरेकाे छ ।

याे अभियानले पार्टीलाई जनस्तरमा थप मजबुत बनाउने जिल्ला इञ्चार्ज आचार्यले बताउनुभयाे । “हामीले प्रशिक्षणका साथै जनताका दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि उचित पहल गर्ने छाैं,” उहाँले भन्नुभयाे, “हाम्रो नेतृत्व रहेकाे अहिलेकाे सरकारबाट जनजिविकाकाे सवालमा केके काम गर्न सकिन्छ भनेर जनतासँग अन्तर्क्रिया गर्छाैं ।”

कार्यक्रम राप्ती गाउँपालिका पार्टीका कार्यवाहक अध्यक्ष नारायण प्रसाद शर्माकाे अध्यक्षता तथा सह सचिव बसन्त नेपालीकाे स्वागत मन्तव्य र सचिव तुला गिरीकाे सञ्चालनमा सम्पन्न भएको थियोे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID