राप्ती गाउँपालिकाको बराखुट्टीमा वडा स्तरीय खेलकुद प्रतियोगिता सुरु

तुल बहादुर कवँर मगर

देउखुरी, ५ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीकाे आयोजनामा शुक्रबार देखि स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ तीन दिने वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रम लालमटियाकाे टुडिखेलमा शुरु भएको छ।

वडाको आर्थिक वर्ष २०८९/८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिनु भएको छ।साे खेलकुद प्रतियोगितामा फुटबल ,क्रिकेट ,ब्याडमिन्टन र कराते गरि चार खेलहरु समाबेश गरिएको वडा अध्यक्ष चाैधरीले जानकारी दिनु भएको छ।

अध्यक्ष चाैधरीका अनुसार फुटबल प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहका पुरुषहरूकाे सहभागीता रहने भएको छ।खेलकुदमा बिजेता खेलाडीहरू लाई आकर्षक पुरस्कारको व्यवस्था समेत राखिएकाले अध्यक्ष चाैधरीले जानकारी दिनु भएको छ।खेलकुद कार्यक्रम फागुन ८ गते सम्म संचालन हुने छ।

यसै बिच शुक्रबार नै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले फुटबल खेलेर कार्यक्रमको उद्घाटन गर्नु भएको छ।उद्घाटन पछि बाेल्दै अध्यक्ष विष्टले स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलकाे माध्यम बाट प्राेत्सान गरि राष्ट्रिय खेलाडी बनाउने उदेश्यले खेलकुद प्रतियोगिताको आयाेजना गरिएको बताउनु भयो।त्यस्तै उहाँले खेलाडीहरुकाे मुख्य पाटाे अनुशासन पनि भएको बताउँदै अनुशासित भएर खेल खेल्न खेलाडीहरू लाई आग्रह गर्नु भएकाे छ ।

कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे अवसरमा पलिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक,वडा सदस्यहरू मन बहादुर पुन,तुलसा विक,निवर्तमान वडा सदस्य बसन्त नेपाली ,करम्दी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यम बहादुर राेका मगर,कालिका सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष वेदुराम सुवेदी ,बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण गिरी,एकता नगर टाेल विकास संस्थाका अध्यक्ष हिमा पुरी,बराखुट्टी हाईवे पश्चिम टाेल विकास संस्थाका अध्यक्ष निमलाल जैसी,बराखुट्टी हाईवे पूर्व टाेल विकास संस्थाका अध्यक्ष सरस्वता पाेख्रेल लगायतले आ आफ्नो मनतव्य व्यक्त गर्नु भएको थियो ।

वडा सदस्य टेक बहादुर रावतकाे स्वागत मनतव्य बाट शुरु भएको कार्यक्रमको संचालन वडाकी सचिव सीता आचार्यले गर्नु भएको थियोे ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID