दाङमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरे

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ४ फाल्गुन । दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।

लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो ।

बाख्रा बाँधेर राखेको खोरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेको हो ।

आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएको पिडित किसान अधिकारीले बताउनुभयो ।

मा प्रकाशित