दाङको लमहीमा सञ्चालित छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव सकियो

गणतन्त्रनेपाल समाचारदाता

लमही २९ माघ । दाङ देउखुरीको लमहीमा गत माघ १२ गते देखि सञ्चालित छैंठौ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको आइतबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार”भन्ने मुल नाराका साथ देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) सञ्चालित महोत्सव सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता एवम् लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीको प्रमुख आतिथ्यतामा भएको महोत्सव समापन कार्यक्रममा बोल्ने वक्ताहरूले सोच अनुसार महोत्सव सफल हुन नसकेपनि यश क्षेत्रको प्रचारप्रसार र कला संस्कृति संरक्षणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको र महोत्सवमा भएको कमी कमजोरी सुधार गर्ने अवसर मिलेको बताएका थिए ।

सो अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेश श्रेष्ठ, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा महाेत्सवलाइ सफल बनाउन महत्वपुर्ण सहयाेग गर्ने संघ संस्था, सञ्चारकर्मी तथा व्यक्तिहरुलाई प्रसंशापत्र सहित सम्मान गरिएको थियो । संघका उपाध्यक्ष कमलजंग सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष जागेश्वर बसेलले गरेका थिए ।

महोत्सवमा स्थानीय कृषि उत्पादनको बजारीकरण, खस्कदो व्यापारको पुनरुत्थान र पर्यटन विकासमा टेवा पु¥याउनको लागि महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा विभिन्न कला, संस्कृतिसंग सम्बन्धित झाँकी, नृत्य तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति राखिएको थियो भने महोत्सवमा कृषि, पर्यटन, उद्योग र व्यापार संग सम्बन्धित करिब २ सय ५० को हाराहारीमा स्टलहरु रहेका थिए ।

करिव ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको थियो ।

महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायत राष्ट्रीय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राखेका थिए ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो भने सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको थियो ।

मा प्रकाशित