ज्ञानज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको २१औं वार्सिकोत्सव सम्पन्न 

आलोक भावुक

गढवा, २९ माघ । ज्ञानज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको २१औं बार्सिकोत्सव आइतवार गढवामा सम्पन्न भएको छ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको सभापतित्व र एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आथित्य तथा बुद्धज्योति बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक नवराज देवकोटाको बिशिस्ट आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा शुभकामना सन्देश राख्दै प्रमुख अथिति डाँगीले निजि विद्यालयहरुले अव थप परम्परागत शैक्षिक प्रणाली लाई विस्थापित गर्दै आधुनिकताको प्रयोग सगै सक्षम र क्षतावान विद्यार्थी उत्पादन गर्नु निजि विद्यालयको ध्यानकर्षण हुनु पर्ने बताउनु भयो । साथै गुणस्तरीय शिक्षालाई विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो।

कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा जगतमा सामुदायिक विध्यालयहरुको साथै निजि विध्यालयहरुको पनि ठुलो योगदान रहेको बताउदै राज्यको निति नियम का कारण निजी विध्यालयहरु लाई मार्का परेकोले निति नियम सुधार्न आवश्यक रहेको बताउनुभयो।

विध्यालयमा विध्यार्थी पठाएर विध्यार्थीको बारेमा चासो नराख्नाले सामुदायिक विध्यालयका विध्यार्थीहरुको शैक्षिक गुणस्तरमा केही ह्रास आएको बत्उदै अभिभावकहरुले आफ्ना बालवालिकाहरु लाई बिशेष ध्यान दिन आवश्यक रहेको अधिकांश बक्ताहरु को भनाई थियो।

२१औ बार्सिकोत्सव कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बुढा, गढवा बहुमुखि क्याम्पसका प्रमुख बिकाश रजौरे,बुद्धज्योति बोर्डिङ स्कुलका प्रवन्धक शंकर पान्डे,नेपाल अवधि प्रज्ञा प्रतिस्ठानका अध्यक्ष जगत राम यादव,बन तथा बाताबरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका दुखहरण यादव,गोरखा बोर्डिङ स्कुलका प्रीन्सिपाल लोकमान रिजाल,नेपाल बोर्डिङ स्कुलका हिमाल रावत,समाजसेवि तेज प्रसाद न्यौपाने,रेडियो हाइवेका प्रबन्धक केपि घिमिरे,अभिभावक सरस्वता पौडेल,सरस्वती उच्च माबि बिद्यानगरका उप प्रध्यापक गुरुबचन चौधरी,डिबेल बोर्डिङका भानु यादव लगायतको उपस्थिति रहेको थियो ।

बिद्यालयको प्रगति प्रतिबेदन प्रीन्सिपल दीपक कुमार यादवले प्रस्तुत गर्नु भएको थियो ।

बिद्यालय ब्यबस्थापन समितिका कोषाध्यक्ष ऋषि यादवको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन शिक्षिका द्व्य यति चौधरी र तिला खनालले संयुक्त रुपमा गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID